anmol jasita

चन्द्रको भोजपुरी सिनेमा ‘माही’मा निता अनुबन्धित

चन्द्रको भोजपुरी सिनेमा ‘माही’मा निता अनुबन्धित

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – सफल द्धन्द्व निर्देशक चन्द्र पन्तको नयाँ भोजपुरी सिनेमा ‘माही’मा अभिनेत्री निता ढुंगाना अनुबन्धित भएकी छन् । निर्माण टिमले नितालाई केहीदिन पहिले मुख्य अभिनेत्रीको रुपमा कागजी सम्झौता गरेका हुन् । यो सिनेमामा पहिले मुख्य अभिनेत्रीको रुपमा भोजपुरी अभिनेत्री काजल राघवानीले अभिनय गर्ने पक्का भएको थियो ।

कात्यायन फिल्मस् क्रियशनको ब्यानरमा निर्माण हुने सिनेमालाई अरुण कुमार मिश्र र रितेश वन्दना श्रीवास्तवले लगानी गर्दैछन् । भने, सिनेमामा आद्या गुप्ता र ज्योति दिनेश पाण्डे सह-निर्माताको रुपमा रहनेछन् । सिनेमामा निताका अलवा आनन्द ओझा, प्रशान्त ताम्राकार, नरेन खड्का, संजय पाण्डे, जुनैद शेख, शिवेश देवनाथ, आयज खान, संजय माहानन्द, सिपि भट्ट, अनुप अरोडा, प्रिया पाण्डे र प्रदीप रावत लगायतका कलाकारको अभिनय रहनेछ । सिनेमाको कथा निर्देशक पन्तले स्वंयमले तयार पारेका हुन् ।

पुरुषोत्तम प्रधानले छायाँकन गर्ने सिनेमामा मनिष किशोरको पटकथा तथा संवाद, रामजी लामिछाने र कानु मुखर्जीको कोरियोग्राफी, ओम झाको संगीत, विरेन्द्र पाण्डे र श्याम देहातीको गीत रचना र ड्रेगन प्रकाशको एक्शन रहनेछ ।सिनेमाको आगामी फ्रेब्रुअरी ६ तारिबाट भारतको आगराबाट छायाँकन सुरु गरिनेछ । यस्तै, सिनेमा ट्युनिसिया, स्कटल्याण्ड र टर्कीका सुन्दर लोकेशनमा पनि खिचिनेछ ।