‘सुर्य इन्टरनेशनल अवार्ड’को जपानमा नोमिनेशन, अमेरिकामा वितरण

‘सुर्य इन्टरनेशनल अवार्ड’को जपानमा नोमिनेशन, अमेरिकामा वितरण

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – ‘सुर्य इन्टरनेशनल अवार्ड’को तेस्रो संस्करण आयोजना हुने भएको छ । आयोजक संस्थाका अनुसार २०२० मै आयोजना हुनु पर्ने अवार्डको तेस्रो संस्करण कोरोना माहामारीका कारण २०२१ मा हुन लागेको जनाएको छ ।

अवार्डको वारेमा जानकारी दिदै सुर्य कर्पोरेशनका अध्यक्ष बासुदेव लामिछानेले यस पटकको सुर्य अवार्ड केही रोचक र फरक हुने बताए । लामिछानेका अनुसार अवार्डको समपूर्ण तयारी काठमाडौंमा हुनेछ भने, नोमिनेशन जापानको टोकियोमा हुनेछ । अवार्ड समारोहलाई भने थप भव्य तयारी सहित अमेरिकामा गरिनेछ ।

पछिल्लो समय नेपाली सिनेमाको राम्रो गन्तव्य बन्दै गरेको जापानको टोकियोमा ‘सूर्य इन्टरनेशनल अवार्ड’को पहिलो र दोस्रो संस्करण सम्पन्न भईसकेको छ । जसमा दर्जनौं सिनेमाकर्मी अतिथीको सहभागी भएका थिए । हाल आयोजक संस्था तेश्रो संस्करणको तयारीमा जुटेको छ ।

कर्पोरेशनका अध्यक्ष लामिछाने तेस्रो संस्करणको तयारी र फिल्ड भिजिटका लागि अमेरिकामा छन् । उनले सामाजिक सञजाल फेसबुकबाटै अवार्डको घोषणा गरेका हुन् । उत्कृष्ट तीन मनोनयनको प्रमाणपत्र जापानको टोकियोबाट सार्वजनिक गरिनेछ । नोमिनेशन सार्वजनिक भएको केही समय पश्चात अर्थात नेपाली नयाँ बर्षको अवसरमा अमेरिकामा अवार्ड समारोह भव्य रुपमा सम्पन्न गरिनेछ ।

नेपाली कला संस्कृतिको प्रवर्द्रधन तथा नेपाली गीत संगीत र सिनेमालाई अर्न्तराष्ट्रिय स्तरमा पुर्याउने उद्देश्य सहित सुर्य इन्टरनेशनल अवार्डलाई अगाडी बढाएको अध्यक्ष लामिछानेले बताए । अवार्ड समारोह संगीत तर्फ ६ विधा र सिनेमा तर्फ ६ विधा राखिएको छ । जसमा सिनेमातर्फ उत्कृष्ट सिनेमा, निर्देशक, अभिनेता, अभिनेत्री, सह-अभिनेता र सह-अभिनेत्री समावेश छन्, भने संगीत तर्फ पप, आधुनिक र लोक गरि ६ विधा रहनेछन् ।

यस्तै, अवार्ड समारोहमा दुई दशक लामो सिनेमा यात्रा तय गरेका एक सिनेमाकर्मीलाइ लाइफटाइम एचिभमेन्ट अवार्ड, एक जनालाई सिनेमाकर्मी सम्मान र एक दशक निरन्तर सिनेमा पत्रकारिता गरेका पत्रकारलाई सिनेमा पत्रकारिता पुरस्कार प्रदान गरिनेछ ।