सरकारले बल प्रयोग गरे गिरफ्तार हुन तयार : अशोक शर्मा

सरकारले बल प्रयोग गरे गिरफ्तार हुन तयार : अशोक शर्मा

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं- कोरोना कहरले विगत ९ महिना देखि बन्द भएको सिनेमा हल सञ्चालनमा ल्याउन सरकारले चासो नदेखाएपछि नेपाल चलचित्र संघले सरकारको अनुमति बिना पौष १० गते देखि हल सञ्चालन गर्ने निर्णय गरेको छ । चलचित्र संघको कार्यलयमा भएको पत्रकार सम्मेलनमा महासचिव अशोक शर्माले हल खोल्दा सरकारले बल प्रयोग गरे आफू गिरफ्तार हुन तयार भएको बताए ।

‘हामी सुरक्षाको मापदण्ड अपनाएर हल खोल्छौं । पुलिसले आएर समाते हामी गिरफ्तारी दिन तयार छौं । इन्टरनेशल एजेन्सीले गरेको एक सर्वेमा सिनेमा हलमा सबै भन्दा कम कोरोना फैल्ने बताइएको छ । किनकी अहिले टिकट पनि अनलाइबाट काट्न सकिन्छ । हलमै टिकट काट्न आउनेहरुको लागि ग्याप राखेर टिकटको व्यवस्था गर्न सकिन्छ । सरकारले सबैभन्दा बढि सक्रमण फैल्ने ठाउँ बजार, मन्दिर, बस खोलिसक्यो । देशको सबै क्षेत्र खुल्ने सिनेमा हल नखुल्ने भन्ने कुरा अचम्मको छ’ उनले भने ।

उनले दर्शक हलसम्म आउने वातावरण सिर्जना गर्न हल खोल्न खोजेको बताउदै भने, ‘अहिले सिनेमा हल खोलेर मारामार दर्शक आउछन् भन्ने सोचेको छैनौं । दर्शक हलसम्म आउने वातावरण सिर्जना गर्न हल खोल्न लागेका हौं । अहिले हामीले दर्शक हलमा आउने वातावरण सिर्जना गरेनौं भने पछि २–३ महिना लाग्न सक्छ । अहिले निर्माताले नयाँ सिनेमा दिदैनन् । हामी पुरानै सिनेमा चलाउछौं । यदि निर्माताले नयाँ चलचित्र चलाउन चाहे उनीहरुलाई कसरी सुरक्षित बनाउने भन्ने सोचेर सिनेमा रिलिज गछौं ।’