anmol jasita

सिनेमा छायांकन गर्न अनुमति दिने मन्त्री परिषद्को निर्णय

सिनेमा छायांकन गर्न अनुमति दिने मन्त्री परिषद्को निर्णय

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं- कोरोना कहरका कारण ९ महिनादेखि सिनेमा क्षेत्र बन्द छ । अब सरकारले शर्तसहित छायांकन गर्न अनुमति दिएको छ । मंगलबार बसेको मन्त्री परिषद् बैठकले कोभिड–१९ मापदण्ड पालना गर्दै छायांकन गर्न सशर्त अनुमति दिएको हो । तर, सिनेमा हल खुलाउने बारे निर्णय भएको छैन ।

‘मन्त्रालयले सिनेमा गतिविधि सशर्त खुला गर्ने प्रस्ताव मन्त्री परिषद् लगेको थियो । सिनेमा हलको छाता संस्था चलचित्र संघले पुस १० गतेदेखि एकपक्षीय रुपमा हल खुला गर्ने घोषणा गरिसकेको छ । तर, सरकार यस कुरामा भने मौन छ’ सञ्चारमन्त्री पार्वत गुरुङले एक अनलाइनलाई बताएका छन् ।

फिल्म छायांकन गर्दा अब कास्ट एन्ड क्रिउले अनिवार्य कोभिड–१९ मापदण्ड पालना गर्नुपर्ने हुन्छ । विश्वव्यापी कोरोना महामारी फैलिएपछि सिनेमाको छायांकन रोकिएको थियो । सरकारले अनुमति नदिएपनि स्थानिय तहको सिफारिसबाट केहि सिनेमाको छायांकन सुरु भएको थियो ।