एक हप्ताभित्र सरकारले हल खोल्न अनुमति दिन्छ : अध्यक्ष दाहाल

एक हप्ताभित्र सरकारले हल खोल्न अनुमति दिन्छ : अध्यक्ष दाहाल

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं- चलचित्र विकास बोर्डका अध्यक्ष दयाराम दाहालले एक हप्ताभित्र सरकारले हल खोल्न अनुमति दिने बताएका छन् । मंगलबार राजु अधिकारी निर्देशित सिनेमा ‘माया बस्छ कि के हो’को पोस्टर तथा गीत सार्वजनिक कार्यक्रममा उनले हल खोल्न सरकार सकारात्मक रहेको बताएका हुन् ।

उनले अब एक हप्ताभित्र नेपाल सरकारका प्रवक्ता तथा सञ्चार मन्त्री पार्वत गुरुङले हल सञ्चालक तथा वितरकसँगको सल्लाहमा हल खोल्न अनुमति दिने बताए । नेपाल चलचित्र संघले सोमबार पत्रकार सम्मेलन गर्दै एकतर्फी रुपमा पौष १० गते देखि हल खोल्ने निर्णय गर्याे । बारम्बार अनुरोध गर्दा पनि सरकारले हल खोल्न अनुमति नदिएपछि आन्दोलनमा उत्रिने बताइएको थियो । तर हालै मन्त्री परिषद्ले सिनेमा छायांकनको लागि अनुमति दिने निर्णय गरेको छ । त्यस्तै, हल खोल्ने विषयमा पनि सरकार सकारात्मक रहेको बुझिएको छ ।

जनकपुर मिडिया हाउस प्रालिको ब्यानरमा निर्माण भएको सिनेमामा सोनाल तामाङ, कस्मता निरौला, उपेन्द्र थापा, नरेन्द्र थापा, सब्बु पौडेल, हरिकृष्ण, कार्की, तेजेन्द्र कँडेल, बेनी ढुंगानाको मुख्य भूमिका रहेको छ । यो सिनेमामा यूवापुस्ताको प्रेमलाई प्रस्तुत गरिएको छ ।