कलाकार संघको भवनको शिलान्यास

कलाकार संघको भवनको शिलान्यास

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं– नेपाल चलचित्र कलाकार संघको भवनको शिलान्यास गरिएको छ । चन्द्रागिरी नगरपालिकास्थित थानेटारमा चलचित्र कलाकार संघको भवन निर्माण हुन लागेको हो ।

शनिबार एक समारोहबीच शहरी विकास मन्त्री कृष्णगोपाल श्रेष्ठले भवनको शिलान्यास गरेका छन् । साढे तीन तल्लाको भवन निर्माण कार्य अबको ६ महिनाभित्र सम्पन्न गर्ने संघको लक्ष्य छ ।

कलाकार संघका अध्यक्ष रविन्द्र खड्काले भवन निर्माणका लागि सरकारले ५० लाख सहयोग गरेको जानकारी दिएका छन् । साथै देश विदेशमा रहेका सिनेकर्मीहरुले पनि भवन बनाउन सहयोग गरेका छन् ।

उक्त समारोहमा चलचित्र विकास बोर्डका अध्यक्ष दयाराम दाहाल, हाँस्य कलाकार हरिवंश आचार्य, कलाकारहरु कृष्ण मल्ल, रमेश वुढाथोकी, दिनेश डीसी लगायतको उपस्थिति थियो ।