झरना र सुहाना बने महेन्द्र खानेपानीको ब्रान्ड एम्बासडर

झरना र सुहाना बने महेन्द्र खानेपानीको ब्रान्ड एम्बासडर

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं– नायिका तथा निर्देशक झरना थापा र उनकी छोरी नायिका सुहाना थापा महेन्द्र प्युरिफाई खानेपानीको ब्रान्ड एम्बासडर बनेका छन् । सोमबार सिभिल मलस्थित एक कार्यक्रमबीच उनीहरु १ वर्षका लागि ब्रान्ड एम्बासडर नियुक्ति भएका हुन् ।

झरना र सुहाना थापा ‘ए मेरो हजुर ४’ मा व्यस्त छन् । यो सिनेमालाई झरना थापा निर्देशन गर्दैछिन् भने सुहाना नायिकाको रुपमा प्रस्तुत भएकी छन् । ‘ए मेरो हजुर ३’ बक्सअफिसमा सुपरहिट भएको थियो । सुहानाले पहिलो सिनेमाबाटै दर्शक मन जितिसकेकी छन् । अनमोल र सुहानाले ‘ए मेरो हजुर ४’ मा दोस्रो पटक सहकार्य गरेका छन् ।