संसद विघटनपछि करिश्मा भन्छिन्- ‘कहाँ छ देश प्रेम ?’

संसद विघटनपछि करिश्मा भन्छिन्- ‘कहाँ छ देश प्रेम ?’

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं– आइतबार प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीपरिषद्को बैठकबाट संसद विघटनको निर्णय सहित मध्यावधी निर्वाचन गर्ने प्रस्ताव राष्ट्रपतिको कार्यलयमा प्रेश गरेका थिए । उक्त प्रस्तावलाई राष्ट्रपति विद्यादेवी भण्डारीले पास गरिसकेकी छन् । यो सँगै सामाजिक सञ्जालमा विभिन्न खाले टिकाटिप्पणी हुन थालेका छन् ।

संसद विघटन भएपछि अभिनेत्री करिश्मा मानन्धरले देशको प्रेम नभएको उल्लेख गरेकी छन् । उनले लेखेकी छन्, ‘कठै नेपाली जनता आफूलाई सबै खाले ज्ञान हुँदाहुँदै पनि सत्ता मोहमा लिप्त भएर जुन हदमा पनि जान सक्नेहरुको तमासा हेरेर बस्न बाध्य छौं । यहाँ कहाँ छ देश प्रेम ? कहाँ छ जनताको भावनाको कदर ? कहाँ छ उनीहरु आफैले गरेको प्रतिवद्धता ?’

उनले जनताको भावनाको कदर नगरेको बताएकी छन् । उनी केहि समय अघि बाबुराम भट्टराईको नेतृत्वमा रहेको नयाँ शक्ति पार्टीमा आवद्ध थिइन् । नयाँ शक्ति पार्टी जनता समाजवादी पार्टीसँग एकिकरण भएसँगै उनी राजनीतिबाट अलग भएकी थिइन् ।