२७ औं जन्मदिन मनाउँदै शिल्पा

२७ औं जन्मदिन मनाउँदै शिल्पा

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं– नायिका तथा मोडल शिल्पा पोखरेल पौष ७ गते आफ्नो जन्मदिन मनाउँदै छिन् । उनी आजबाट २७ वर्ष पुगेकी छन् । उनलाई सामाजिक सञ्जाल मार्फत सिनेमाकर्मीले जन्मदिनको शुभकामना दिइरहेका छन् ।

मोडलिङ्गमा जम्दै गरेकी शिल्पाले ‘लज्जा’बाट सिनेमामा डेब्यू गरेकी थिइन् । डेब्यू सिनेमा हिट भएसँगै उनले ‘हवल्दार सुन्तली, किस्मत २, मंगलम’ लगायतका सिनेमामा अभिनय गरेकी छन् ।

उनी अभिनित ‘आर्या’ प्रदर्शनको पर्खाइमा छ । यो सिनेमामा उनले अनूप विक्रम शाहीसँग दोस्रो पटक स्क्रिन सेयर गरेकी छन् । पछिल्लो समय शिल्पा भोजपुरी सिनेमामा पनि व्यस्त छिन् ।