नेपाल–अमेरिका चलचित्र महोत्सवको लागि आवेदन खुल्ला

नेपाल–अमेरिका चलचित्र महोत्सवको लागि आवेदन खुल्ला

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ – नेपाल–अमेरिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सवको चौथो संस्करणका लागि विश्वभरबाट आवेदन खुल्ला गरिएको छ । आगामी जुन १८ देखि २० सम्म वासिङ्गटनमा महोत्सव आयोजना गर्न लागिएको हो ।

चलचित्र महोत्सवसमा नेपालका फिचर फिल्म, वृत्तचित्र, छोटा सिनेमा, एनिमेशनका साथै सबै विधाका सिनेमाहरु प्रदर्शन गरिने छ । नेपाल बाहेक अमेरिका, दक्षिण एसिया सहित विभिन्न देशका स्वतन्त्र सिनेमाहरु यस महोत्सवको उच्च प्राथमिकतामा पर्नेछन् । प्रदर्शन गरिएका सिनेमा मध्येबाट उत्कृष्ट सिनेमाहरुलाई पुरस्कृत पनि गरिने छ ।

महोत्सवको अवधिमा सिनेमा, संस्कृति र नयाँ प्रविधिबारे प्यानल छलफल तथा कार्यशालाहरु पनि आयोजना हुनेछन् । महोत्सवमा सिनेमा प्रदर्शन पछि उपस्थित निर्देशक, निर्माता तथा कलाकारसँग अन्तरक्रिया कार्यक्रम पनि आयोजना गरिने छन् ।

सिनेमाको अनलाइन मार्फत दिन सकिने व्यवस्था गरिएको छ । सिनेमा आवेदन सम्बन्धिका विवरण तथा नियमहरु संस्थाको वेभसाइटमा उपलब्ध छन् ।