anmol jasita

दीपक र दीपाको ‘छक्का पन्जा ३’ युट्युबमा रिलिज

दीपक र दीपाको ‘छक्का पन्जा ३’ युट्युबमा रिलिज

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं– दीपक राज गिरी र दीपाश्री निरौलाको समुहले निर्माण गरेको सिनेमा ‘छक्का पन्जा ३’ युट्यबमा सार्वजनिक भएको छ । यो सिनेमा गत दुईवर्ष अगाडी दशैंको अवसरमा हलमा प्रदर्शन भएको थियो ।

यो समाचार तयार पार्दा सिनेमा युट्युब ट्रेन्डिङ्गको ६ नम्बरमा छ । सिनेमाले सकारात्मक प्रतिक्रिया बटुल्दै ६ लाख ९० हजार भन्दा बढि भ्युज पाएको छ । नेपालको सामुदायिक विद्यालयमा हुने शैक्षिक बेथितिलाई प्रस्तुत गरिएको सिनेमाले बक्सअफिसमा आक्रमक व्यापार गरेको थियो ।

दीपाश्री निरौलाले निर्देशन गरेको सिनेमामा दीपकराज गिरी, केदार घिमिरे, जितु नेपाल, दीपिका प्रसाईं, बुद्धि तामाङ, विल्सन विक्रम राई, नीर शाहलगायतका कलाकारहरुको अभिनय छ । पुरुषोत्तम प्रधानले खिचेको सिनेमालाई विपिन मल्लले सम्पादन गरेका हुन् ।