युट्यबमा विराज र निकिताको ‘साङ्लो’

युट्यबमा विराज र निकिताको ‘साङ्लो’

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं– अभिनेता विराज भट्टको निर्माण तथा निर्देशनमा बनेको सिनेमा ‘साङ्लो’ युट्यबमा सार्वजनिक भएको छ । गत वर्ष माघमा प्रर्दशन भएको सिनेमा बिहिबार युट्यबमा सार्वजनिक गरिएको हो ।

विराजको डेब्यू निर्देशित सिनेमाले बक्सअफिसमा औसत व्यापार गरेको थियो । सिनेमा विराजसँगै अभिनेत्री निकिता चाण्डक, जयनन्द लामा, प्रकाश शाह, आरपी पन्त, शिशिर भण्डारी लगायत कलाकारहरुको अभिनय छ । यही सिनेमाबाट पूर्व मिस नेपाल निकिता चाण्डकले सिनेमामा डेब्यू गरेकी छन् ।

किड्नी तस्करीको कथालाई प्रस्तुत गरिएको सिनेमाको कथा शिवम् अधिकारीले लेखेका हुन् ।