हल खुलेसँगै सीडीओ कार्यलय पुगे हल सञ्चालक

हल खुलेसँगै सीडीओ कार्यलय पुगे हल सञ्चालक

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं– कोरोना कहरले नौ महिना सम्म सिनेमा हल बन्द रहँदा पनि सरकारले चासो नदिएपछि चलचित्र संघको स्वघोषित निर्णयमा पुष १० गते देखि हल सञ्चालनमा आएका छन् । तर, सरकारले हल सञ्चालन गर्ने अनुमति दिएको छैन ।

आजबाट कोरोना कहरको कारण प्रर्दशन रोकिएको सिनेमा ‘आमा’ र ‘सेन्टी भाइरस’ सँगै हलिउड सिनेमा ‘ब्लड सट’ र ‘द इन्भिजिबल म्यान’ गरी चार सिनेमा प्रर्दशनमा आएका छन् । वितरक करण श्रेष्ठका अनुसार, नेपालका केहि हल बाहेक अधिकांस हल सञ्चालनमा आएका छन् । ‘आज पहिलो दिनको पहिलो शोमा दर्शकको उत्साहजन सहभागिता नरहेपनि बिस्तारै हलमा दर्शकको संख्या बढ्दै जाने र सिनेमा क्षेत्र चलायमान हुनेछ’ वितरक श्रेष्ठले भने ।

यता, हल खुलेसँगै जिल्ला प्रशासन कार्यलय काठमाडौंले सिनेमाकर्मीलाई छलफलको लागि बोलाएको छ । छलफल चलिरहँदा वितरक तथा हल सञ्चालक गोपाल काजी कायस्थले प्रधानमन्त्री कार्यलयबाट नै सीडिओलाई पत्र आएसँगै छलफलको लागि बोलाएको बताए ।

‘सीडीओ कार्यलयले हल सञ्चालक र चलचित्र विकास बोर्ड अध्यक्ष दयाराम दाहाललाई छलफलको लागि बोलाएको छ । जारी छलफलको क्रममा सीडीओ कार्यलयले हल खोल्न दिने या नदिने भन्ने केहि निर्णय भएको छैन’ हल सञ्चालक कायस्थले बताए ।

‘सरकारको सम्पुर्ण सुरक्षा मापदण्ड अपनाएर हामीले आजबाट हल खोल्ने निर्णय लिएको सीडीओ कार्यलयलाई जानकारी गराएका छौं । सीडीओ कार्यलयले हल खोल्न अनुमति दिन नमिल्ने भएकाले हाम्रो योजना जस्ताको तस्तै पत्र मार्फत प्रधानमन्त्री कार्यलयमा पठाइने बताइएको छ ।’