दुई अभिनेत्रीको खोजीमा ‘भाँडाकुटी’ टिम

दुई अभिनेत्रीको खोजीमा ‘भाँडाकुटी’ टिम

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – केही समय काठमाडौंमा आयोजित एक कार्यक्रमका बीच मुकुन भुषाल र बेनिशा हमालको मुख्य भुमिका रहने सिनेमा ‘भाँडाकुटी’को निर्माण घोषणा भएको थियो । हाल सिनेमाको धमाधम प्रि-प्रोडक्सनको काम भैरहेको छ ।

फागुन १ गते बुटवलबाट सिनेमाको छायाँकन थालिनेछ । सोसल ड्रामा ‘भाँडाकुटी’ निर्माण टिमले दुई अभिनेत्रीको खोजी थालेको छ । मुख्य भुमिकामा बेनिशा हमाल कन्फर्म भए पनि अन्य दुई सहायक अभिनेत्रीको खोजी भैरहेको निर्देशक किरण विकले बताए । सिनेमामा तीन हिरो र तीन हिरोइन हुनेछन् ।

सिनेमामा शेखर सुवेदी, महावीर विश्वकर्मा र रिजेन थापा लगायतका कलाकारको अभिनय रहनेछ । ओस्कार कलेजका विद्यार्थी किरण विक यही सिनेमाबाट निर्देशनमा डेब्यु गर्दैछन् । दुई अभिनेत्रीको खोजीका लागि निर्देशक विकसहितको टोली बुटवल जाँदैछ ।

सकेसम्म फ्रेस अनुहारलाई नै सिनेमामा लिने तयारीमा निर्देशक बिक छन् । प्रेममा जातीयताको द्वन्द्वलाई उठान गर्ने सिनेमालाई गोपाल आचार्यले सह–निर्देशन गर्दैछन् । सिनेमालाई आउँदो वर्षमा रिलिज गर्ने तयारी छ । केही समय पहिले सरकारले छायाँकन अनुमति दिएसँगै दर्जनौं सिनेमा छायांकनमा जाँदैछन् ।