जय किशनको ‘स्वागतम माई दिलपुर’को गीत रिलिज

जय किशनको ‘स्वागतम माई दिलपुर’को गीत रिलिज

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं– राजेन्द्र सानेले निर्देशन गरेको सिनेमा ‘स्वागतम माई दिलपुर’को ‘बोल्दिन जेपीटी’ बोलको गीत सार्वजनिक भएको छ । कमल घले र लक्ष्मी स्याङ्तानको स्वर रहेको गीतमा जय किशन बस्नेत, एलिना रायमाझी र दिपा सिंह ठकुरी फिचर्ड छन् ।

दिनेश सुवेदीको शब्द रहेको गीतमा सन्तोष प्रगाढको संगीत रहेको छ । साईराम पिक्चर्स ब्यानरबाट निर्माण गरिएको सिनेमामा रमेश बंगोसाई र कुमार केसीको लगानी छ । सिनेमामा जय किशन, एलिना र दिपाका अलवा दिनेश मुस्कान, रमेश बंगोसाई, लक्ष्मी शाही, गणेश बाबु विक, दिपक शाही ठकुरी, नारायण राई लगायतका कलाकारको अभिनय छ ।

मदन कस्यप घिमिरेले छायांकन गरेको सिनेमालाई तारा थापाले सम्पादन गरेका हुन् ।