पुरन थापाको सिनेमा ‘तीन जुङ्गे’को निर्माण घोषणा

पुरन थापाको सिनेमा ‘तीन जुङ्गे’को निर्माण घोषणा

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – निर्देशक तथा निर्माता पुरन थापाले आफ्नो जन्मदिनको अवसरमा नयाँ सिनेमाको निर्माण घोषणा गरेका छन् । ‘पिरिम र्पया छन्’, ‘कान्छी मट्याङ ट्याङ’, ‘फेरि–फेरि’ लगायतका सिनेमासँगै थुप्रै टेलिसिरियलको निर्देशन गरिसकेका उनले कमेडी जनरामा निर्माण हुने सिनेमा ‘तीन जुङ्गे’को घोषणा गरेका हुन् । सिनेमाको छायांकन माघ तेश्रो साताबाट सुरु हुने बताइएको छ ।


बसुन्धरा मुभीजको ब्यानरमा अमृत लम्साल र भुवन तिवारीले निर्माण गर्ने सिनेमामा स्वंयम निर्देशक थापासँगै लय संग्रौला, दमन रुपाखेती, निक शर्मा, सुमित्रा अधिकारी, रमेश मट्टारे, मनिषा रायमाझी, शिखा सुवेदी, ललीत सिंह साउद, विकल उप्रेती, सविता दनाइ, सुपा खनाल, छायाँ भुजेललगायतका कलाकारहरुको अभिनय रहनेछ ।

सिनेमालाई विमल ढकालले छायांकन गर्नेछन् । ‘तीन जुङ्गे’का लागि मुख्य अभिनेता र अभिनेत्री भने छनोट हुन बाँकी रहेको निर्देशक थापाले बताए । सिनेमामा बिनोदकुमार भुजेलको संगीत, ललीत सिंह साउदको सम्पादन र शंकर महर्जनको द्वन्द्व निर्देशन रहनेछ ।

निर्देशक थापासामाजिक विषयमा हास्यरस मिसाएर निर्माण गर्न लागिएको ‘तीन जुङ्गे’ सँगै सिनेमा ‘फेरि–फेरि’को खिच्न बाँकी दुईवटा गीत पनि छायांकन गर्ने तयारीमा छन् ।