एउटा यस्तो प्रेम कहानीको ‘हलाल’मा सुष्माको आइटम

एउटा यस्तो प्रेम कहानीको ‘हलाल’मा सुष्माको आइटम

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं– दिपेश सापकोटा निर्देशित सिनेमा ‘एउटा यस्तो प्रेम कहानी’मा समावेश ‘हलाल’ बोलको आइटम गीत सार्वजनिक भएको छ । मिना निरौलाको स्वर रहेको गीतमा सुष्मा कार्कीले नृत्य गरेकी छिन् ।

बी.बी थापाको शब्द रहेको गीतमा किशोर थापाको संगीत छ । नायक शिव श्रेष्ठको प्रस्तुतिमा तयार भएको सिनेमामा शिव श्रेष्ठ, प्रियंका कार्की, आयुष्मान देशराज जोशी, वर्षा राउत, संजोग कोइराला, बसुन्धरा भुषाल, मिथिला शर्मा लगायतका कलाकारको अभिनय छ । यहीँ सिनेमाबाट कविता मानन्धर, शक्ति श्रेष्ठ र संयग दर्शनधारीले सिनेमामा डेब्यू गर्दैछन् ।

फिस्टेल मुभिजको ब्यानरमा निर्माण भएको सिनेमामा यशोधा राई र दिनेश दर्शनधारीको लगानी छ । भने, सिनेमामा खुम तामाङ, सुनिल कटवाल, रामनारायण शाह, दिनेश थापामगर, तारा तुलाधर सह–निर्माताको रुपमा छन् ।