नेफ्टा अवार्डको १० औं संस्करण फागुन अन्तिममा

नेफ्टा अवार्डको १० औं संस्करण फागुन अन्तिममा

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – विश्वभर फैलिएको कोरोना भाइरसको कारण स्थगित भएको ‘नेफ्टा अवार्ड’को १० औं संस्करण यहि बर्ष हुने आयोजक संस्थाले एक विज्ञप्ती मार्फत जानकारी गराएको छ । नेपाल चलचित्र प्राविधिक संघले आगामी फागुन अन्तिम साता अवार्ड आयोजना गर्ने तयारी थालेको छ ।

नेफ्टा र ड्रिम हाइ नेपाल प्रालिको संयुक्त आयोजनामा हुन लागेको अवार्डको उत्कृष्ट पाँच मनोनयन सार्वजनिक कार्यक्रम माघ १० गतेलाई तय भएको अवार्ड कार्यक्रम संयोजक सुष्मा पौडेल (गीता) द्वारा सार्वजनिक विज्ञप्तिमा उल्लेख छ । हाल जनजीवन सामान्य बन्दै गइरहेको र व्यापार व्यवसाय, यातायातसँगै सिनेमा हलहरुपनि खुलिसकेको भन्दै सिनेमा क्षेत्रलाई चलायमान बनाउन यहि बर्ष अवार्ड कार्यक्रम गर्न लागिएको हो ।

कार्यक्रमको अन्तिम तयारीमा जुटिरहेका छौं, संयोजक पौडेलसँगै ड्रिम हाइ नेपालका प्रमुख कमल जिसीले भने, ‘टप फाइभ सार्वजनिक गरेको दिन नै अवार्ड आयोजना हुने अफिसियल मिति सार्वजनिक गर्नेछौं । कोभिड १९ लाई मध्यनजर गर्दै सुरक्षा मापदण्ड र सामाजिक दुरी कायम गरी कार्यक्रम गर्ने नेफ्टाले जनाएको छ ।’

गत बर्षको चैत्र २२ लाई टुंडिखेलमा हुनेगरी तय भएको अवार्ड कार्यक्रम संसारभर फैलिएको कोरोना भाइरसको महामारीका कारण स्थगित भएको थियो । निर्धारित मितिमा कार्यक्रम गर्न नसकेकोमा यसबाट पर्न गएको प्रभावप्रति नेफ्टाले समस्त दर्शक, चलचित्रकर्मी, प्रायोजक तथा सुभेच्छुकप्रति क्षमा मागेको छ ।