छायांकनमा आकाश र सलोनको ‘हिड्दा हिड्दै’

छायांकनमा आकाश र सलोनको ‘हिड्दा हिड्दै’

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – मिलन आले मगर निर्देशित सिनेमा ‘हिड्दा हिड्दै’को छायांकन सुरु गरिएको छ । प्रेम कथामा आधारित सिनेमाको छायांकन ललितपुरको गोदावरीबाट सुरु भएको हो ।

सुशिल पंगेनीको प्रस्तुतीमा तयार भैरहेको सिनेमामा नायक आकाश श्रेष्ठ, सलोन बस्नेत, रेखा शाह, सानिया खान, विकास थापामगर, विवेक रामदाम, ममता पौडेल लगायतका कलाकारको मुख्य भूमिका छ । यही सिनेमाबाट रेखा शाह अभिनयमा डेब्यू गर्दैछिन् ।

कोहलपुर मोडेल कलेजसँगको सहकार्यमा नारायण सुशिल पंगेनी इन्टरटेन्मेन्टले निर्माण गरिरहेको सिनेमाको निर्मातामा प्रमोदकुमार तामाङ, राजकुमार थिङ र पारस गुरुङ छन् । महादेव शाह सह–निर्माता रहेको सिनेमा काठमाण्डौ र गाइघाटमा खिचिने छ ।

सुमनकुमार तण्डुकारको छायांकन रहेको सिनेमाका गीतमा बसन्त सापकोटा र किरण माइकलको संगीत र कबिराज गहतराजले कोरियोग्राफी रहनेछ । देव महर्जनको एक्सन रहने सिनेमामा मुख्य सहायक निर्देशकमा यम भण्डारी र रामकुमार थिङ छन् । सिनेमाको छायांकन ३५ दिनमा सक्ने योजना निर्माणपक्षको छ ।