मुकुन र मेनुकाको ‘गणपति’को निर्माण घोषणा

मुकुन र मेनुकाको ‘गणपति’को निर्माण घोषणा

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – सविन अधिकारीको निर्देशनमा सिनेमा ‘गणपति’ निर्माण हुने भएको छ । मंगलवार काठमाडौंमा एक कार्यक्रम गर्दै निर्माण टिमले सिनेमाको औपचारिक निर्माण घोषणा गरेका हुन् । सिनेमाले भगवान र मानिसबीचको फरक देखाउनेछ ।

माघ २ गतेबाट छायांकन सुरु हुने सिनेमाको कथा, पटकथा तथा संवाद निर्देशक अधिकारी स्वयंले तयार पारेका हुन् । निर्देशक अधिकारीले ‘गणपति’ नाम धार्मिक सुनिए पनि सिनेमा धर्मको विरोध र प्रचार नगरिने बताए । ‘मान्छे र भगवानबीचको फरकलाई सिनेमा देखाउनेछौं,’ उनले भने ।

सिनेमामा मुकुन भुषाल, मेनुका प्रधान, सूर्यमाला खनाल, जयनन्द लामा, प्रकाश घिमिरे, राजाराम पौडेल, पुष्कर गुरुङ, अंशु मानन्धर, कालु राना, अर्जुन गुरुङ, श्रीदेव वि.एल, शुशील पोखरेललगायतका कलाकारको अभिनय रहनेछ ।

अ विग म्यान फिल्मस्को ब्यानरमा निर्माण हुने सिनेमामा लक्ष्मण थापा, विज्ञान केसी र अरविन्द्र गिरीको लगानी रहने छ । तनहुँ बन्दीपुर गाउँपालिका थारुबासमा छायांकन हुने सिनेमालाई हरिबहादुर घलेले खिच्नेछन् ।