कुमारको निर्देशनमा ‘सम्बन्ध’ ट्रेलर रिलिज (भिडियो)

कुमारको निर्देशनमा ‘सम्बन्ध’ ट्रेलर रिलिज (भिडियो)

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – सञ्चारकर्मी कुमार आचार्यको निर्देशनमा तयार भएको टेलिसिरियल ‘सम्बन्ध’को ट्रेलर सार्वजनिक भएको छ । सार्वजनिक ट्रेलरमा एउटा परिवारभित्रको मिलन, विछोड, द्वन्द्वलाई स्थान दिइएको छ ।

पारिवारिक टेलिसिरियलमा शिशिर राणा, सपना श्रेष्ठ, हर्षिका श्रेष्ठ, पुष्कर राउत, अस्मिता जुरेली, श्रेया दुलाल, प्रदिप गिरी, सुरेश क्षेत्री, उग्रसेन ढुंगाना, रविन्द्र अधिकारी, बिन्दिया शाही, सरोज दाहाल, अञ्जना श्रेष्ठ र बिनिशा सेवाको अभिनय रहेको छ ।

काठमाडौंका विभिन्न स्थानमा छायांकन भएको टेलिसिरियलमा रामेश्वर हुमागाईंको छायांकन, विकास चौधरीको संगीत, रामजी लामिछानेको कोरियोग्राफी, नविन पन्तको गीत, उषा मलह सिम्रनको स्वर र गौतमराज खड्काको सम्पादन छ ।

करुणा आचार्य प्रस्तुतकर्ता रहेको टेलिसिरियलमा सरला भण्डारी र अन्जना श्रेष्ठ निर्माता, गीता आचार्य कार्यकारी निर्माता छन् । टेलिसिरियलका सहायक निर्देशक कल्याण अधिकारी छन् । निर्देशक कुमारका अनुसार टेलिसिरियल आगामी माघ ३ गते शनिबार नौ बजे प्राइम टाइम्स एचडीबाट प्रसारण हुनेछ ।