बक्सअफिस अवार्डमा ‘छक्का पञ्जा ३’को वर्चश्व

बक्सअफिस अवार्डमा ‘छक्का पञ्जा ३’को वर्चश्व

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – नेपाली सिनेमाको निरन्तर रुपमा आयोजना हुँदै आएको ‘बक्स अफिस फिल्म फेयर अवार्ड’ समारोह अँग्रेजी नयाँ वर्षको पूर्वसन्ध्यामा सम्पन्न भएको छ ।

कोरोना कहरको बावजुत पनि १२ औँ नेशनल बक्स अफिस फिल्म फेयर अवार्ड २०७७ पोखरा कास्कीमा बक्स अफिस इन्टरनेसनल ग्रुप र पोखराको इन्फिनिटी रिसोर्टले संयुक्त रुपमा आयोजना गरेका हुन ।

अवार्ड समारोह रसियाको राजधानी मस्कोमा गर्ने भनेर बक्स अफिस इन्टरनेसनल ग्रुपले सम्पूर्ण तयारी पूरा गरेतापनी कोरोना महामारीको कारण बाध्यता बस नेपालमै गर्नुपरेको बक्स अफिस अवार्डका अध्यक्ष राम बहादुर सुवेदी (आर के)ले बताए ।

१२ औँ नेसनल बक्स अफिस फिल्म फेयर अवार्डमा गत बर्ष बक्स अफिस कलेक्सनमा बर्षकै सर्वाधिक सिनेमा ‘छक्का पञ्जा ३’ले बाजी मारेको छ । ‘छक्का पञ्जा ३’ले कुल ४३ विधा मध्ये १२ विधामा कब्जा जमाएको छ । भने, प्रसादले ६ बिधामा अवार्ड हात पारेको छ ।

बक्सअफिस फिल्म फेयर अवार्डमा विपिन र स्वस्तिमाले उत्कृष्ट अभिनेता, अभिनेत्रीको अवार्ड पाउँदा अनमोल केसी र साम्राज्ञी राज्यलक्ष्मी शाहले बर्षको पपुलर अभिनेता र अभिनेत्री घोषित भए ।

विजेताहरु यस प्रकार छन् :

सर्वोत्कृष्ट मेकअप : गणेश खड्का, छक्का पञ्जा- ३

सर्वोत्कृष्ट ड्रेस डिजाइनर : कायरा बुटिक, छक्का पञ्जा- ३

सर्वोत्कृष्ट साउण्ड : सुनयमान श्रेष्ठ, छक्का पञ्जा- ३

सर्वोत्कृष्ट मिक्सिङ्ग : सुनयमान श्रेष्ठ

सर्वोत्कृष्ट डबिङ्ग : नविन श्रेष्ठ, ए मेरो हजुर- ३

सर्वोत्कृष्ट गीतकार : गणेश शाही, लै लै, प्रसाद

सर्वोत्कृष्ट संगीतकार : सुभाष भुषाल, लै लै, प्रसाद

सर्वोत्कृष्ट गायक : डेविड शंकर, पहिलो नम्बरमा, छ्क्का पन्जा- ३

सर्वोत्कृष्ट गायिका : अन्जु पन्त, रहर छ, क्याप्टेन

सर्वोत्कृष्ट नृत्य निर्देशक : कविराज गहतराज, पहिलो नम्बरमा, छक्का पञ्जा-३

सर्वोत्कृष्ट द्वन्द्व निर्देशक : शुक्रराज शाह

सर्वोत्कृष्ट छायांकार : पुरुषोत्तम प्रधान, छक्का पञ्जा-३

सर्वोत्कृष्ट सम्पादन : विपिन मल्ल, छक्का पञ्जा-३

सर्वोत्कृष्ट कथा : सुशिल पौडेल, प्रसाद

सर्वोत्कृष्ट पटकथा : दिनेश पौडेल, बुलबल

सर्वोत्कृष्ट संवाद : दिपक राज गिरी, जितु नेपाल, केदार घिमिरे, यमन श्रेष्ठ, छक्का पञ्जा- ३

सर्वोत्कृष्ट बाल कलाकार : सेइना शर्मा, नाई नभन्नु ल-५

सर्वोत्कृष्ट हाँस्य कलाकार : केदार घिमिरे, छक्का पञ्जा- ३

सर्वोत्कृष्ट चरित्र अभिनेता : विजय लामा, बोबी

सर्वोत्कृष्ट चरित्र अभिनेत्री : लक्ष्मी गिरी, छक्का पञ्जा- ३

सर्वोत्कृष्ट नवनायक : धिरज मगर, इन्टु मिन्टु लण्डनमा

सर्वोत्कृष्ट नवनायिका : सुहाना थापा, ए मेरो हजुर- ३

सर्वोत्कृष्ट खलनायक : निश्चल बस्नेत, प्रसाद

सर्वोत्कृष्ट सहनायिका : नम्रता सपकोटा, समर लभ

सर्वोत्कृष्ट सह अभिनेता : जितु नेपाल, छक्का पञ्जा- ३

सर्वोत्कृष्ट नायिका : स्वस्तिमा खड्का, बुलबुल

सर्वोत्कृष्ट नायक : विपिन कार्की, प्रसाद

सर्वोत्कृष्ट नव निर्देशक : रेनसा राई, इन्टु मिन्टु लण्डनमा

सर्वोत्कृष्ट निर्देशक : दिपाश्री निरौला, छक्का पञ्जा- ३

सर्वोत्कृष्ट चलचित्र : आमा सरस्वती मुभिज, छक्का पञ्जा- ३

विशेष चलचित्र : क्याप्टेन (फुटबल)

बर्षको पपुलर अभिनेता : अनमोल केसी

बर्षको पपुलर अभिनेत्री : साम्राज्ञी लक्ष्मी राणा

इन्करेजमेन्ट चलचित्र : बोबी, मिलन चाम्स

जुरी अवार्ड : दिनेश राउत, प्रसाद

क्रिटिक्स अवार्ड : दिनेश पौडेल, बुलबुल

आयोजक विधा तर्फ

सर्वोत्कृष्ट प्रोमो डिजाइनर : बिपिन मल्ल, छक्का पञ्जा-३

सर्वोत्कृष्ट पोस्टर डिजाइनर : साहिल खान, ए मेरो हजुर- ३

सर्वोत्कृष्ट सिनेमा हल : नकिम उद्दिन, क्यु एफ एक्स उपत्यका

सर्वोत्कृष्ट प्रोडक्सन डिजाइनर : सुमन गिरी भान्जा, छक्का पञ्जा- ३

सर्वोत्कृष्ट डिजिटल कारोबार : ओम अग्रवाल, ओएसआर

सर्वोत्कृष्ट स्टुडियो : दिनेश महरा, क्लासिक स्टुडियो

सर्वोत्कृष्ट वितरक : गोविन्द शाही, ए मेरो हजुर-३, उपत्यका, उज्जवल पौडेल, मनोज राठी, छक्का पञ्जा-३,उपत्यका बाहिर

पत्रकारिता पुरस्कार : सचित खड्का, रजतपट टेलिभिजन कार्यक्रम

उत्कृष्ट अवार्ड आयोजना : कामना अवार्ड