रंग पत्रकार सचित खड्का पोखरामा सम्मानित

रंग पत्रकार सचित खड्का पोखरामा सम्मानित

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – रंग पत्रकार सचित खड्का नयाँ बर्षको पूर्वसन्ध्यामा पोखरामा सम्मानित भएका छन् । कला क्षेत्रमा लामो समयदेखि कलम चलाउँदै आएका खड्काको योगदानको विशिष्ट कदर गर्दै नेशनल बक्सअफिस फिल्म फेयर अवार्ड आयोजक टिमले सम्मान गरेको हो ।

बिहीबार सम्पन्न १२ औं नेशनल बक्स अफिस फिल्म फियर अवार्ड २०७७ मा खड्का ‘बक्स अफिस चलचित्र पत्रकार सम्मान’बाट सम्मानित भएका हुन् । हाल काभ्रे रेडियो टेलिभिजन प्रसारक मंचका अध्यक्ष एवम् रेडियो सेफर्डका स्टेसन म्यानेजर समेत रहेका खड्का रंग पत्रकारितामा निरन्तर खटिरहेका छन् ।

सचित विगत लामो समयदेखि दिनेश सिटौला फिल्मस् संग सहकार्य गर्दै आएका छन् । उनलाई द सिनेमा टाइम्स परिवारको तर्फबाट धेरै-धेरै बधाई तथा शुभकामना ।