‘कौसीद’ निर्माण गर्दै ऋचा

‘कौसीद’ निर्माण गर्दै ऋचा

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं– अभिनेत्री ऋचा शर्माले अंग्रेजी नयाँ वर्षको अवसर पारेर नयाँ सिनेमा निर्माण घोषणा गरेकी छिन् । उनले सिनेमा ‘कौसीद’ निर्माण गर्न लागेकी हुन् ।

शुक्रवार सामाजिक सञ्जाल फेसबुकमा सिनेमाको एक थिम पोस्टर सार्वजनिक गर्दै उनले ‘कौसीद’ नामक सिनेमा बनाउन लागेको जानकारी दिएकी हुन् । पोस्टर हेर्दा बैंकबाट ऋण लिने मान्छेको कथा भन्ने अनुमान गर्न सकिन्छ । यो सिनेमामा भोलाराज सापकोटा र ऋचा शर्माको मुख्य भूमिका रहनेछ ।

केदार भुषाल निर्माता रहने सिनेमालाई कुमार भाष्करले निर्देशन गर्नेछन् । सिनेमामा लक्ष्मण बाँनिया सह–निर्माताको रुपमा छन् भने दीमेश श्रेष्ठको कार्यकारी निर्माताको रुपमा छन् ।

उनले यसअघि ‘भिजा गर्ल, आधा लभ र सुनकेसरी’ निर्माण गरेकी थिइन् ।