साम्राज्ञी र पुष्पको ‘रेड वाइन’को नाम परिवर्तन

साम्राज्ञी र पुष्पको ‘रेड वाइन’को नाम परिवर्तन

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं– रमेश एमके पौडेलको निर्देशनमा बन्ने सिनेमा ‘रेड वाइन’को छायांकनमा जानु भन्दा अगाडी नाम परिवर्तन गरिएको छ । सिनेमाको नाम परिवर्तन गरेर ‘तिम्रो मेरो साथ’ राखिएको छ ।

प्रेमकथामा आधारित सिनेमाको नाम कथा र समयको माग अनुरुप परिवर्तन गरिएको सिनेमाका निर्देशक पौडेलले बताएका छन् । शुक्रबारदेखि छायांकन हुन लागेको सिनेमामा निर्देशक पौडेलकै कथा, गीत र निर्माण रहेको छ । सिनेमामा पुष्प खड्का, साम्राज्ञी राज्यलक्ष्मी शाह, सन्दिप क्षेत्री, खड्ग बहादुर पुन, इमिली लामा र विशेष भूमिकामा ध्रुब दत्तको अभिनय रहने छ ।

आर्यन फिल्मस् तथा बोधी एच डी अमेरिकाको ब्यानरमा बन्न लागेको यो सिनेमाका निर्मातामा पासाङ लामा र सह निर्मातामा निरु भण्डारी, सुमन पौडेल र सुधिर पराजुली रहेका छन् । सिनेमामा सबिर श्रेष्ठको पटकथा र संवाद रहेको छ । नेपाल र केही दृश्यहरू अमेरिकाका विभिन्न शहरहरूमा सिनेमाको छायांकन गरिने छ ।