पुष्प र श्रद्धाको ‘कृष्णलीला’को सकियो छायांकन

पुष्प र श्रद्धाको ‘कृष्णलीला’को सकियो छायांकन

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं– दीपक ओली निर्देशित सिनेमा ‘कृष्णलीला’ले ४० औं दिनमा छायांकन सकाएको छ । निर्माण टिमले क्रु मेम्बरसहित इन्ड क्ल्यापको तस्बिर राख्दै सुटिङ सकेको जानकारी गराएका हुन् । सिनेमाको छायांकन सप्तरीको कोशी ब्यारेज, झापा र इलामका केहि स्थानमा भएको थियो ।

सञ्चारकर्मी तथा निर्देशक लक्ष्मण सुवेदीको कथा, पटकथा तथा संवाद रहेको सिनेमामा पुष्प खड्का, श्रद्धा क्षेत्री, बुद्धि तामाङ, रविन्द्र झा, नवीन रेग्मी, हिउँवाला गौतम, भावना गुरुङ, आयुष गुरागाईंलगायतका कलाकारको अभिनय रहेको छ । आरआर फिल्मस्को ब्यानरमा रोहित कट्टेलको प्रस्तुति तथा रत्न श्रेष्ठ कार्यकारी निर्माता रहेको ‘कृष्ण लीला’को निर्मातामा प्रकाश कार्की र केवल तामाङ छन् ।

‘कृष्णलीला’को सुटिङ सकाएलगत्तै पुष्प खड्काले ‘तिम्रो मेरो साथ’को छायांकन सुरु गर्नेछन् ।