‘एउटा यस्तो प्रेम कहानी’को शिर्ष गीतमा कविता र शक्ति

‘एउटा यस्तो प्रेम कहानी’को शिर्ष गीतमा कविता र शक्ति

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – शिव श्रेष्ठको प्रस्तुति रहेको सिनेमा ‘एउटा यस्तो प्रेम कहानी’को शिर्ष गीत सार्वजनिक भएको छ । मंगलबार काठमाडौंमा एक कार्यक्रम आयोजना गर्दै सिनेमाको गीत सार्वजनिक गरिएको हो ।

विश्व नेपाली र अस्मिता परियारको स्वर रहेको गीतमा कविता मानन्धर र शक्ति श्रेष्ठ फिचर्ड छन् । यो गीतमा बसन्त सापकोटाले संगीत भरेका छन् । सिनेमाको गीत सार्वजनिक कार्यक्रममा उपस्थित नेपाल चलचित्र संघका अध्यक्ष मधुसुदन प्रधान, निर्माता संघका अध्यक्ष आकाश अधिकारी र कलाकार संघका अध्यक्ष रविन्द्र खड्काले विगत ९ महिना देखि कोरोना महामारीका कारण बन्द रहेको सिनेमा हल संचालनको लागि करोडौं लगानीको रिक्स मोलेर सिनेमा रिलिज गर्न तयार भएको भन्दै एउटा यस्तो प्रेम कहानीलाई सफलताको शुभकामना दिए ।

अभिनेता शिव श्रेष्ठले ४० वर्ष देखि निरन्तर दर्शकको माया पाएकै कारण कोरोना महामारीका बीच सिनेमा क्षेत्रलाई संचालन गर्नको लागि करोडौं लगानीको रिक्स लिएको बताए । लभस्टोरी–एक्सन ड्रामामा कविता र शक्तिसँगै शिव श्रेष्ठ, प्रियंका कार्की, आयुष्मान देशराज जोशी, वर्षा राउत, संजोग कोइराला, बसुन्धरा भुषाल, मिथिला शर्मा लगायतका कलाकारको अभिनय छ । यहीँ सिनेमाबाट कविता मानन्धर, शक्ति श्रेष्ठ र संयोग दर्शनधारी अभिनयमा डेब्यू गर्दैछन् । दिपेश सापकोटा फिल्मका निर्देशक हुन् ।

फिस्टेल मुभिजको ब्यानरमा निर्मित सिनेमालाई यशोधा राई र दिनेश दर्शनधारीले निर्माण गरेका हुन् । सिनेमामा खुम तामाङ, सुनिल कटवाल, रामनारायण शाह, दिनेश थापा मगर, तारा तुलाधर सह–निर्मातामा छन् । सिनेमा माघ १ गते देखि रिलिज हुँदैछ ।