‘यउटा यस्तो प्रेम कहानी’ इन्टरटेनमेन्ट भ्याक्सिन : शिव श्रेष्ठ

‘यउटा यस्तो प्रेम कहानी’ इन्टरटेनमेन्ट भ्याक्सिन : शिव श्रेष्ठ

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – अभिनेता शिव श्रेष्ठको प्रस्तुतिमा निर्माण भएको मल्टिस्टारर सिनेमा ‘यउटा यस्तो प्रेम कहानी’ आगामी माघ १ गतेबाट प्रदर्शनमा आउँदैछ । मंगलबार राजधानीमा आयोजित सिनेमाको गीत सार्वजनिक कार्यक्रममा आफ्नो सिनेमा कमजोर भएका कारण रिलिज गर्न नलागेको अभिनेता श्रेष्ठले बताए ।

‘सिनेमा कसैको पनि नराम्रो हुँदैन, मेरो सिनेमा पनि नराम्रो छैन् । मैले ४० बर्षदेखि दर्शकबाट पाएको मायाले यस्तो रिक्स लिन तयार भएको हुँ । यउटा यस्तो प्रेम कहानी आफ्नो पहिलो पटक लगानी रहेको सिनेमा भएकाले पनि कोरोना माहामारीका बीच दर्शकलाई इन्टरटेनमेन्टको भ्याक्सिन दिन लागेको छु’, उनले भने ।

गीत रिलिज कार्यक्रममा बोल्दै गर्दा विभिन्न कारणले सिनेमा बन्न लामो समय लाग्दा कतिपय साथीहरुले शिव श्रेष्ठको सिनेमा बन्दैन भनेर हल्ला गर्दा दुख लागेको भन्दै भावुक बने । मेरो निर्माता साथीहरुको साथ पाएकै कारण सवैभन्दा पहिले सिनेमा क्षेत्रलाई चलायमान बनाउ सिनेमा रिलिज गर्न लागेको हुँ । पहिलो बन्न होइन् ।

सिनेमाको आगामी आइतबार ट्रेलर सार्वजनिक हुँदैछ । लभस्टोरी–एक्सन ड्रामामा शिव श्रेष्ठ, प्रियंका कार्की, आयुष्मान देशराज जोशी, वर्षा राउत, संजोग कोइराला, बसुन्धरा भुषाल, मिथिला शर्मा लगायतका कलाकारको अभिनय छ । यहीँ सिनेमाबाट कविता मानन्धर, शक्ति श्रेष्ठ र संयोग दर्शनधारी अभिनयमा डेब्यू गर्दैछन् । दिपेश सापकोटा सिनेमाका निर्देशक हुन् ।