‘हरितारा चलचित्र पुरस्कार’बाट कृष्ण र मदनदास पुरस्कृत

‘हरितारा चलचित्र पुरस्कार’बाट कृष्ण र मदनदास पुरस्कृत

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – बुधबार राजधानीमा आयोजित एक कार्यक्रमका बीच ‘हरितारा चलचित्र पुरस्कार’ वितरण गरिएको छ । अभिनेता कृष्ण मल्ल, नाट्यकर्मी मदनदास श्रेष्ठ र गीतकार सहदेव ढुंगानालाई क्रमश २०७५ र २०७६ सालको पुरस्कृत गरियो ।

कृष्ण मल्ल र मदनदास श्रेष्ठ लामो समयदेखि नेपाली सिनेमा क्षेत्रको उत्थान तथा संरक्षणमा योगदान पुर्याएका कलाकार हुन् । यस्तै, नेपाली कला संस्कृतिको उत्थानमा संलग्न गीतकार सहदेव ढुंगाना पनि २०७६ सालको ‘हरितारा चलचित्र पुरस्कार’बाट सम्मानित भएका छन् । हरितारा पुरस्कारको राशी जनही २५ हजार रहेको छ ।

यता, परिवर्तन नेपालले वि.सं २०७६ सालको ‘दुर्गादेवी पुण्य निरौला स्मृति पुरस्कार’ सञ्चारकर्मी राजेश खनाल र अभिनेत्री सपना श्रेष्ठलाई प्रदान गरियो । यो पुरस्कारको राशी जनही १० हजार रहेको छ । पुरस्कार तथा सम्मानको सिफारिस समितिमा मोहन निरौला, डिजाइनर सुन्दर श्रेष्ठ र सञ्चारकर्मी शान्तिप्रिय रहेका थिए ।

परिवर्तन नेपालले ‘परिवर्तन सम्मान २०७६’बाट नेपाल पत्रकार महासंघ काठमाडौं शाखाका सचिव मोहन पन्त, निर्देशक तथा अभिनेता विश्वदीप घिमिरे र निर्देशक अनि संचारकर्मी माधवराज खरेललाई पनि सम्मान गरेको छ ।