संचार मन्त्रालयको निर्देशन हललाई ‘बक्स अफिस कोर्ड’ नदिनु

संचार मन्त्रालयको निर्देशन हललाई ‘बक्स अफिस कोर्ड’ नदिनु

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – गत हप्ता सीसीएमसीले सरकारलाई सिनेमा हल सञ्चालनको अनुमति दिन मन्त्रीपरिषदलाई पत्र पठाएको थियो । यस बिषयमा एक हप्ता बितिसक्दा पनि मन्त्रीपरिषद्ले कुनै निर्णय गरेको छैन ।

हल सञ्चालकहरु सरकारले सिनेमा हल सञ्चालनको अनुमति दिनेमा आशावादी रहेको अवस्थामा सञ्चार, सूचना तथा प्रविधि मन्त्रालयले चलचित्र विकास बोर्डलाई सेन्सर अनुमति नदिन र हललाई बक्स अफिस कोर्ड उपलब्ध नगराउन निर्देशन दिएको छ ।

कोरोना संक्रमण रोकथामका लागि सरकारले सबैभन्दा अगाडि सिनेमा हल सञ्चालन गर्न रोकेको थियो । जसका कारण करीब १० महिना सिनेमा हलहरु बन्द भए । तर, सरकारले अन्य क्षेत्र खुल्ला गरेर सिनेमा हलमाथिको प्रतिबन्ध नहटाएपछि हल व्यवसायीहरुले पुष १० गतेबाट स्वघोषित निर्णयमा हल सञ्चालन गरेका थिए । अहिले हलमा पुराना हिट सिनेमाहरु रिलिज भैरहेका छन् ।

बोर्डले हल सञ्चालकहरुलाई बक्स अफिस कोर्ड उपलब्ध नगराए पनि नयाँ सिनेमाको सेन्सर रोकेको छैन । जसकारण शुक्रवारबाट मल्टीप्लेक्समा नयाँ हलिउड सिनेमा ‘मन्स्टर हन्टर’ रिलिज भएको छ । पुष १० गतेबाट प्रदर्शनरत दुई नेपाली सिनेमा ‘आमा र सेन्टी भाइरस’ तेस्रो हप्तामा पनि रिलिज भैरहेका छन् ।

रात्री क्लब, यातायात र राजनितिक पार्टीका जुलुस लगायतमा देखिएको भीडभाडले नयाँ सिनेमा रिलिज भएको खण्डमा दर्शक आउनेमा विश्वास हल सञ्चालकलाई छ । तर, तीन हप्तादेखि सिनेमा हलमा पुराना सिनेमा रिलिज भएका कारण दर्शकको संख्या न्युन छ । आउँदो माघ १ गतेबाट नयाँ सिनेमा ‘एउटा यस्तो प्रेम कहानी’ प्रदर्शनमा आउने तयारीमा छ ।