anmol jasita

‘आए एम् ट्वान्टी वान’को ७० प्रतिशत छायांकन सकियो

‘आए एम् ट्वान्टी वान’को ७० प्रतिशत छायांकन सकियो

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं– रेनाशा वान्तवा राई निर्देशित सिनेमा ‘आइ एम् ट्वान्टी वान’ छायांकनको अन्तिम चरणमा छ । केहि दिन पहिले मात्रै सिनेमा निर्माण टिम धरानको छायांकन सकाएर काठमाडौं फर्किसकेको छ ।

‘सिनेमाको ७० प्रतिशत छायांकन सकिसक्यो । अब, सिनेमाको गीत र केहि दृश्य खिच्न बाँकी छ । लगभग १५ दिनमा सिनेमाको छायांकन सकिन्छ । यो सिनेमा २०२१ मै प्रर्दशन हुनेछ’ निर्देशक रेनाशाले बताइन् ।

आइकोर फिल्मस्को ब्यानरमा निर्माण भइरहेको सिनेमामा धिरज मगर र जसिता गुरुङको अभिनय छ । सिनेमामा धिरज र जसिता बाहेक अन्य कलाकार को–को रहने भन्ने बारेमा केहि खुलाइएको छैन ।

कोरियोग्राफर रेनाशाले ‘इन्टु मिन्टु लण्डमा’बाट निर्देशनमा डेब्यु गरेकी थिइन् । यो सिनेमाले बक्स अफिसमा राम्रो  व्यापार गरेको थियो । ‘आइ एम् ट्वाटी वान’ रेनाशा निर्देशित दोस्रो सिनेमा हो ।