स्वास्थ्य मापदण्ड अपनाएर हल सञ्चालनको अनुमति

स्वास्थ्य मापदण्ड अपनाएर हल सञ्चालनको अनुमति

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – नेपाल सरकारको आइतबार बसेको मन्त्री परिषदले करिब १० महिनादेखि बन्द रहेका सिनेमा घर खोल्ने निणर्य गरेको छ । स्वास्थ्य मापदण्ड अपनाएर सरकारले सिनेमा हल सञ्चालनको अनुमति दिएको हो ।

केही दिनअघि सीसीएमसीले सिनेमा हललाई सञ्चालनको अनुमति दिन मन्त्रीपरिषद्लाई पत्र लेखेको थियो । ९ महिनासम्म सरकारले सिनेमा हल खोल्न कुनै चासो नदेखाएपछि गएको पौष १० गतेबाट हल व्यवसायी तथा वितरकहरुको साझा संस्था नेपाल चलचित्र संघले देशभरका सिनेमा घर खोल्ने घोषणा गरेको थियो ।

सरकारले अनुमति दिनुभन्दा अगावैदेखि सिनेमा घरहरु सञ्चालनमा थिए । अब सरकारले नै सिनेमा हल खुलाउने निर्णय गरेपछि हल व्यवसायीहरुलाई ठूलो राहत मिलेको छ । ‘अर्को निर्णय नहुँदासम्म अहिलेलाई स्वास्थ्य मापदण्ड पुरा गरेर हल खुलाउने निर्णय भएको छ’ सुरचना तथा सञ्चार मन्त्रीले गुरुङ भने ।