anmol jasita

पुष्प र साम्राज्ञीको ‘तिम्रो मेरो साथ’को छायांकन सुरु

पुष्प र साम्राज्ञीको ‘तिम्रो मेरो साथ’को छायांकन सुरु

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – अभिनेता पुष्प खड्का र साम्राज्ञी राज्यलक्ष्मी शाहको मुख्य भुमिका रहने सिनेमा ‘तिम्रो मेरो साथ’को छायांकन सुरु भएको छ । सिनेमाको सोमबारबाट छायांकन सुरु भएको निर्माण टिमले जानकारी दिएको छ ।

लभस्टोरी कथामा आधारित सिनेमालाई रमेश एमके पौडेलले निर्देशन गर्दैछन् । ‘तिम्रो मेरो साथ’बाट निर्देशनमा डेव्यु गर्न लागेका पौडेल स्वंयमको कथा, गीत र निर्माण रहनेछ । सिनेमामा पुष्प खड्का, साम्राज्ञी आर एल शाह, सरोज खनाल ,सन्दिप क्षेत्री, खड्क बहादुर पुन(खबपु), इमिली लामा र बिशेष भूमिकामा ध्रुब दत्तले अभिनय गर्दैछन् ।

सिनेमाको नाम पहिले ‘रेड वाइन’ राखिएको थियो । आर्यन फिल्मस तथा बोधी एच डी अमेरिकाको ब्यानरमा बन्न लागेको सिनेमाका निर्मातामा पासांग लामा र सह-निर्मातामा निरू भण्डारी, सुमन पौडेल र सुधिर पराजुली रहेका छन ।

सिनेमामा सबिर श्रेष्ठको पटकथा र सम्वाद रहेको छ । ‘तिम्रो मेरो साथ’को नेपाल र केही दृश्यहरू अमेरिकाका बिभिन्न सहरहरूमा छायांकन गरिने छ । सिनेमामा योगेश काजीको संगीत रहेको छ ।