शिव श्रेष्ठको ‘एउटा यस्तो प्रेम कहानी’ सेन्सर पास

शिव श्रेष्ठको ‘एउटा यस्तो प्रेम कहानी’ सेन्सर पास

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं– कोरोना महामारीका कारण ९ महिना बन्द रहेको सिनेमा हल चलचित्र संघको स्वघोषित निर्णयमा पुष १० गते देखि संचालनमा आएका छन् । हल खोलिसक्दा पनि सरकारले खासै चासो देखाएको थिएन् ।

यसैबीच अभिनेता शिव श्रेष्ठले नयाँ सिनेमा ‘एउटा यस्तो प्रेम कहानी’को माघ १ गते प्रदर्शन मिति घोषणा गरेका थिए । तर, सञ्चार मन्त्रालयले नयाँ सिनेमालाई सेन्सर अनुमति नदिन चलचित्र विकास बोर्डलाई आदेश दिएको थियो ।

आइतबार मन्त्रीपरिषदको बैंठकमा सिनेमा हल खोल्न अनुमति दिएसँगै सिनेमा ‘एउटा यस्तो प्रेम कहानी’ सेन्सर पास भएको छ । सोमबार सूचना तथा सञ्चार मन्त्रालयको सभा हलमा केन्द्रीय सिनेमा जाँच समितिका सदस्यहरुले सिनेमा हेरेपछि अभिनेता शिव श्रेष्ठलाई पीजी सर्टिफिकेट दिएका छन् । अब, यो सिनेमा १६ वर्षभन्दा मुनिका दर्शकले अभिभावकको साथमा हेर्नुपर्नेछ ।

दिपेश सापकोटाले निर्देशन गरेको एक्सन ड्रामामा सिनेमा शिव श्रेष्ठ, प्रियंका कार्की, आयुष्मान देशराज जोशी, वर्षा राउत, संजोग कोइराला, बसुन्धरा भुषाल, मिथिला शर्मा, नरेन खड्कालगायतको अभिनय छ । यहीँ सिनेमाबाट अभिनेत्री करिश्मा मानन्धरकी छोरी कविता र अभिनेता शिव श्रेष्ठका छोरा शक्तिले अभिनयमा डेब्यू गर्दैछन् । सिनेमाका निर्माता यशोदा राई र दिनेश दर्शनधारी हुन् ।