शिव श्रेष्ठको ‘एउटा यस्तो प्रेम कहानी’ ट्रेलर रिलिज

शिव श्रेष्ठको ‘एउटा यस्तो प्रेम कहानी’ ट्रेलर रिलिज

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – अभिनेता शिव श्रेष्ठको प्रस्तुतीमा निर्माण भएको सिनेमा ‘एउटा यस्तो प्रेम कहानी’को ट्रेलर रिलिज गरिएको छ । सिनेमा रिलिजको दुई दिन पहिला ट्रेलर सार्वजनिक गरिएको हो । सार्वजनिक ट्रेलरमा सिनेमाका मुख्य कलाकारलाई स्थान दिइएको छ ।

लभस्टोरी–एक्सन ड्रामामा कविता र शक्तिसँगै शिव श्रेष्ठ, प्रियंका कार्की, आयुष्मान देशराज जोशी, वर्षा राउत, संजोग कोइराला, बसुन्धरा भुषाल, मिथिला शर्मा लगायतका कलाकारको अभिनय छ । यहीँ सिनेमाबाट कविता मानन्धर, शक्ति श्रेष्ठ र संयोग दर्शनधारी अभिनयमा डेब्यू गर्दैछन् । दिपेश सापकोटा फिल्मका निर्देशक हुन् ।

फिस्टेल मुभिजको ब्यानरमा निर्मित सिनेमालाई यशोधा राई र दिनेश दर्शनधारीले निर्माण गरेका हुन् । सिनेमामा खुम तामाङ, सुनिल कटवाल, रामनारायण शाह, दिनेश थापा मगर, तारा तुलाधर सह–निर्मातामा छन् । सिनेमा माघ १ गते देखि रिलिज हुँदैछ ।