हलमा १० महिनापछि नयाँ सिनेमा ‘एउटा यस्तो प्रेम कहानी’ रिलिज

हलमा १० महिनापछि नयाँ सिनेमा ‘एउटा यस्तो प्रेम कहानी’ रिलिज

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – कोरोना महामारीका कारण १० महिना बन्द रहेका सिनेमा हल पौष १० गतेबाट नेपाल चलचित्र संघको स्वघोषित निणर्यमा सञ्चालनमा आएका थिए । तर, सरकारले गत आइतबार मात्रै स्वास्थ्य मापदण्ड सहित हल सञ्चालनको अनुमति दिएको थियो ।

पौष १० गतेबाट हल सञ्चालन भएपनि नयाँ भने रिलिज हुन सकेका थिएनन् । यसैबीच सरकारले अनुमति दिएसँगै अभिनेता शिव श्रेष्ठको प्रस्तुतीमा निर्माण भएको नयाँ सिनेमा ‘एउटा यस्तो प्रेम कहानी’ माघ १ अर्थात बिहिबारबाट हलमा रिलिज भएको छ । सिनेमाले दर्शकलाई हलसम्म ल्याउन सहयोग गर्ने विश्वास अभिनेता तथा प्रस्तुतकर्ता श्रेष्ठलाई छ ।

लभस्टोरी–एक्सन ड्रामामा कविता र शक्तिसँगै शिव श्रेष्ठ, प्रियंका कार्की, आयुष्मान देशराज जोशी, वर्षा राउत, संजोग कोइराला, बसुन्धरा भुषाल, मिथिला शर्मा लगायतका कलाकारको अभिनय छ । यहीँ सिनेमाबाट कविता मानन्धर, शक्ति श्रेष्ठ र संयोग दर्शनधारी अभिनयमा डेब्यू गर्दैछन् । दिपेश सापकोटा फिल्मका निर्देशक हुन् ।

फिस्टेल मुभिजको ब्यानरमा निर्मित सिनेमालाई यशोधा राई र दिनेश दर्शनधारीले निर्माण गरेका हुन् । सिनेमामा खुम तामाङ, सुनिल कटवाल, रामनारायण शाह, दिनेश थापा मगर, तारा तुलाधर सह–निर्मातामा छन् । यस्तै, आजबाटै तमिल सुपरस्टार विजय र विजय सेतुपती अभिनित सिनेमा ‘मास्टर’ पनि रिलिज भएको छ ।