सुशील भन्छन्,-‘नेपाली सिनेमा प्रति फेसबुके लगाव देखाउन लाज लाग्दैन ?’

सुशील भन्छन्,-‘नेपाली सिनेमा प्रति फेसबुके लगाव देखाउन लाज लाग्दैन ?’

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – वितरक तथा निर्माता सुशील पोखरेलले हिंन्दी सिनेमाका कारण नेपाली सिनेमाको शो क्यासिल हुनु दुखद् रहेको उल्लेख गरेका छन् । सामाजिक सञ्जाल फेसबुकमा एक स्टास लेख्दै हिंन्दी सिनेमाका नेपाली वितरक र सर्वर कम्पनी प्रती गुनासो पोखेका हुन् ।

आजबाट रिलिज भएको सिनेमा एउटा यस्तो प्रेम कहानीको शो क्यान्सिल भएपछि उनले आक्रोस पोख्दै लेखेका छन्, ‘सर्वरवालाको लापरवाहीले हिंन्दी सिनेमा मास्टरलाई कुरेर टाईममा हार्डडिस्क र सिनेमा नपठाई दिएर भ्यालीबाहिर सिनेमा एउटा यस्तो प्रेम कहानी शो क्यान्सिल हुदा बितरकले गाली खानुपर्ने प्रबृतिको कहिले अन्त्य होला ? त्यही निर्माताको पैसाले मोटाउने अनि त्यही निर्माताको करोडौं लगानीमाथी खेलवाड गर्ने । नेपाली सिनेमा प्रति फेसबुके लगाव देखाउन लाज लाग्दैन ? ब्यवहारमा खै ? कलाकार र संघ संस्था लागेर सिनेमा हल खोलेको नेपाली निर्माता मार्न र हिन्दी सिनेमालाई सपोर्ट गर्न हो ?’