बुद्धि र छुल्ठिमको ‘रङ डेस्टीनेशन’को ट्रेलर रिलिज

बुद्धि र छुल्ठिमको ‘रङ डेस्टीनेशन’को ट्रेलर रिलिज

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – सम्राट बस्नेतको निर्देशनमा निमार्णको भएको हरर थ्रिलर सिनेमा ‘रङ डेस्टीनेशन’को ट्रेलर सार्वजनिक गरिएको छ । प्रदर्शन मिति फाइनल नगरिएको सिनेमाको ट्रेलर बिहिबार इन्टरनेटमा रिलिज गरिएको हो ।

सिनेमामा धिरेन शाक्य, बुद्धि तामाङ, छुल्ठिम गुरुङ, सुगुन तान्डुकार, सञ्जय थापा, अनमिका लामिछाने लगायतका कलाकारको मुख्य भुमिका रहेको छ । फुलमून मोशन पिक्चर्सको ब्यानरमा निर्माण भएको सिनेमाको चाँडै प्रदर्शन मिति घोषणा गरिने निर्देशक बस्नेतले बताए ।

समिरा तन्डुकार, शर्मिला लामा तन्डुकार, सन्जिल लामा, केन्द्र लिम्बु र जितेन्द्र कार्कीको लगानी रहेको छ । सुगन तन्डुकारको कथा, सीमा गुरुङको पटकथा तथा संवाद र पदम प्रसाद कँडेलले सिनेमालाई लेखेका हुन् । अमृत मरठ्ठाको मेकअप र लक्ष्मण सुनारको भिएफएक्स तथा कलर रहेको ‘रङ डेस्टीनेशन’लाई रनधिर श्रेष्ठले खिचेका हुन् ।