रामजीको निर्देशनमा साहिल र अनुपमाको ‘एक लभर’ रिलिज

रामजीको निर्देशनमा साहिल र अनुपमाको ‘एक लभर’ रिलिज

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – संचारकर्मी तथा रंग पत्रकार रामजी ज्ञवाली निर्देशित छोटो सिनेमा ‘एक लभर’ इन्टरनेटमा रिलिज भएको छ । साहिल खान र अनुपमा भण्डारीको मुख्य भुमिका रहेको सिनेमा बिहिबार युट्युबमा रिलिज गरिएको हो ।

लभस्टोरीमा आधारित सिनेमाले नेपाली युवायुवतीको विदेश मोह र त्यसले प्रेम सम्बन्धमा ल्याउने उतारचढावको कथालाई समेटिएको छ । राम्रो इन्टरटेनमेन्टको व्यानरमा निर्माण भएको सिनेमालाई दुर्गा प्रसाद ज्ञवालीले निर्माण गरेका हुन् ।

एक लभरमा राजेश थापा, सायसा बायलकोटी, सरु माझीलगायतका कलाकारको अभिनय रहेको छ । राम्रो इन्टरटेनमेन्टको सह निर्माता रहेको सिनेमाका मुख्य सहायक निर्देशक आर्यन अधिकारी हुन् । सन्दिप रसाइलीको म्युजिक तथा लिरिक्स रहेको गीतमा असिम केसीको स्वर रहेको छ ।

एलिस कार्कीको ब्याकग्राउण्ड म्युजिक, बसन्त घर्ती मगरको भिएफएक्स, नगीना श्रेष्ठको मेकअप रहेको सिनेमा वाइड क्यानभास फिल्मस्ले प्रोडक्सनको काम गरेको हो । सिनेमाको पोस्टर डिजाइनर विजय बस्यालहुन् । राजेन्द्र मोक्तान कलरिस्ट रहेको सिनेमालाई संकल्प भुजेलले खिचेका हुन् भने शाहिल खान र मिलन श्रेष्ठले सम्पादन गरेका छन् ।