कस्तो चले ‘एउटा यस्तो प्रेम कहानी’ र ‘मास्टर’ ?

कस्तो चले ‘एउटा यस्तो प्रेम कहानी’ र ‘मास्टर’ ?

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं– कोरोना महामारीका कारण ९ महिना देखि बन्द रहेको सिनेमा हल गत पौष १० गते बाट संचालनमा आएका छन् । हल संचालनमा आएपछि पुराना सिनेमा प्रदर्शन गरिएको थियो । पुराना सिनेमामा दर्शकको उपस्थिति राम्रो थिएन् । 

माघ १ गतेबाट नयाँ सिनेमा ‘एउटा यस्तो प्रेम कहानी’ र हिन्दी सिनेमा ‘मास्टर’ रिलिज भएका थिए । नयाँ सिनेमाले दर्शकलाई हल सम्म तान्ने सिनेकर्मीहरुको विश्वास थियो तर हिन्दी सिनेमा ‘मास्टर’ले हलसम्म राम्रो संख्यामा दर्शक फर्काएपनि ‘एउटा यस्तो प्रेम कहानी’ले भने दर्शक विच्काएको गुनासो वितरकले नै गरेका छन् ।

वितरक गोपाल कायस्थले अभिनेता शिव श्रेष्ठसँग मिलेर नयाँ सिनेमा ‘एउटा यस्तो प्रेम कहानी’ रिलिज गरेका छन् ।  सिनेमा नै नराम्रो भएपछि दर्शकलाई हलसम्म तान्न असफल रह्यो। ‘पहिलो दिन काठमाडौं भित्र र बाहिर दर्शकको राम्रो उपस्थिति रहेको थियो । खराब माउथ पब्लिसिटीको कारण दर्शक विच्किए, त्यहि भएर दर्शक हल सम्म आएनन् । सिनेमाको पहिलो दिनको व्यापार हेर्दा दर्शक राम्रो सिनेमा हेर्न आतुर रहेको महसुस हुन्छ । तर, खराब सिनेमा रिलिज गर्दा दर्शक विच्किने तर्फ सोच्न बाध्य बनायो’ उनले भने ।

यता, मास्टरका वितरक मनोज राठी सिनेमा हेर्न राम्रो संख्यामा दर्शक हलसम्म आएको बताउँछन् । ‘हामीले जति लगानीमा सिनेमा ल्याएका थियौं, त्यो लगानी उठ्दैन होला । नेपाली सिनेमा क्षेत्रलाई चलायमान बनाउन हामीले जोखिम मोलेका हौं’ राठीले भने ।

‘अहिलेको अवस्थामा नेपाली सिनेमा रिलिज गर्न निर्माता तयार छैनन् । त्यसैले दर्शकलाई हलसम्म ल्याउन र नेपाली सिनेमा रिलिज गर्ने वातावरण सिर्जना गर्न पनि विदेशी सिनेमामा लगानी गरेर रिलिज गर्नु परेको हो ।’