राम्रो सिनेमा बनाउन सकुँ : निश्चल बस्नेत

राम्रो सिनेमा बनाउन सकुँ : निश्चल बस्नेत

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं– निर्देशक तथा अभिनेता निश्चल बस्नेत आइतबार आफ्नो जन्मदिन मनाउँदै छन् । उनी आजबाट ४० वर्ष भएका छन् ।

निश्चलले सामाजिक संजाल मार्फत आफैलाई जन्मदिनको शुभकामना दिदै नयाँ सिनेमाको घोषणा गरेका छन् । उनले लेख्छन्, ‘जन्मदिनको शुभकामना निश्चल । राम्रो मान्छे बन्न सकुँ, राम्रो सिनेमा बनाउन सकुँ । यही दिएँ आफैलाई शुभकामना । यो वर्ष ‘जिन्दाबाद’ निर्देशन गर्नेछु ।’

वि.स. २०६८ पौष २९ गते रिलिज भएको सिनेमा ‘लुट’ले निर्देशक निश्चल बस्नेतलाई ब्रान्डको रुपमा स्थापित गरायो । उनको यो पहिलो सिनेमा थियो । लुटले प्रायः हलमा जान आनकानी गर्ने या नेपाली सिनेमाप्रति रुचि नराख्ने दर्शकहरुलाई समेत हलसम्म तान्यो ।

त्यति मात्र होइन लुटलाई विदेशी बजारमा समेत नेपाली दर्शकले खोजे । सिनेमा लुट मल्टि र सिंगल पर्दा दुवैमा हिट भयो । सिनेमाले धेरै हलहरुमा ५१ दिन मनाएको थियो ।

‘लुट’ पछि निश्चलले ‘टलकजंग भर्सेज टुल्के र लुट २’ निर्देशन गरेका थिए । पछिल्लो समय उनी अभिनयमा व्यस्त रहेका थिए । उनले ‘कबड्डी, २ रुपैयाँ, चंगा चेट, प्रसाद र घामड शेरे’ मा अभिनय गरेका छन् । भने ‘प्रसाद २’ छायांकनको तयारीमा छ । अब चार वर्षपछि उनी सिनेमा निर्देशनमा फर्किदैछन् । ‘जिन्दाबाद’ सिनेमाको स्क्रिप्ट ‘कर्णाली ब्लुज’ लेखक बुद्धि सागरले लेखेका हुन् ।

उनै निर्देशक निश्चल बस्नेतलाई जन्मदिनको धेरै धेरै शुभकामना !