छायांकनमा आर्यन र उपासनाको ‘डिसेम्बर फल्स’

छायांकनमा आर्यन र उपासनाको ‘डिसेम्बर फल्स’

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स्, काठमाडौं – अभिनेता आर्यन सिग्देल र अभिनेत्री उपासना सिंह ठकुरी स्टारर सिनेमा ‘डिसेम्बर फल्स’को छायांकन सुरु भएको छ । आइतबार पोखराको बिन्दवासिनी मन्दिरमा शुभसाइन गरेपछि सोमबारबाट सिनेमाको छायांकन सुरु गरिएको हो । सोमबार आर्यन र उपासनाले पहिलो सट दिएका थिए । 

पोखरा, मुस्ताङ, काठमाडौं लगायत स्थानमा छायांकन गरिने सिनेमालाई महेश आर गुप्ताले खिच्दैछन् । प्रविन झाले निर्देशन गर्ने सिनेमामा आर्यन र उपासनाको अलवा सलोन बस्नेत, शिवहरी पौडेल, दयाराम दाहाल, नरेश भट्टराई लगायतको अभिनय रहनेछ । राम प्रसाद रिजालको प्रस्तुती रहेको सिनेमामा राज कुमार भट्टको लगानी छ ।

रोमान्टिक थ्रिलर जनरामा निर्माण हुने सिनेमामा नायक र नायिकाबीचको उमेर अन्तरलाई देखाइने छ । साथै सिनेमामा विरामीको उपचारमा संलग्न नर्सले भोग्नु परेका घटना तथा समस्यालाई देखाइने बताइएको छ । सिनेमाको कथा विपिन खनालले तयार पारेका हुन् भने पटकथा तथा संवाद केदार भुषालको छ । यो सिनेमा अर्काे वर्षको साउन १ गते देखि प्रर्दशन हुनेछ ।