‘पल्पसा क्याफे’ मार्फत स्वस्तिमा खड्काको नाटकमा डेब्यु

‘पल्पसा क्याफे’ मार्फत स्वस्तिमा खड्काको नाटकमा डेब्यु

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – चर्चित पत्रकार नारायण वाग्लेको मदन पुरस्कार विजेता सफल उपन्यास ‘पल्पसा क्याफे’ अब नाटकको रुपमा मञ्चन हुने भएको छ । थिएटर भिलेज र मण्डला थिएटरको संयुक्त प्रस्तुतीमा मञ्चन हुनेछ । मंगलबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा यसबारे जानकारी दिइयो ।

विमल सुवेदीले नाटक निर्देशन गर्नेछन् । स्वस्तिमा खड्काले ‘पल्पसा क्याफे’ मार्फत पहिलो पटक रंगमञ्चमा उपस्थिति जनाउँदै छिन् । उनले नाटकबाट सिकेको फरक ज्ञान सिनेमाको पर्दामा सशक्त रुपमा प्रस्तुत हुन सघाउने विश्वास व्यक्त गरिन् । आफुले सिनेमामा डेव्यु गर्दा नाटक मञ्चन हुने एउटा फरक दुनिया पनि छ भन्ने थाहा नभएको अनुभव सेयर गरिन् ।

डेव्यु सिनेमा ‘होस्टेल रिटर्न्स’को वर्कसप मण्डला थिएटर र शिप्पी थिएटरमा भएसँगै नाटक खेल्ने इच्छा जागेका थियो । ‘पल्पसा क्याफे’ मार्फत यो अवसर जुराई दिएकोमा स्व.पत्रकार गोकर्ण गौतम र निर्देशक बिमल सुवेदी र काष्टिङ निर्देशक दीलिप रानाभाटलाई आभार प्रकट गरिन ।

निर्माण टिमका अनुसार महामारी साम्य भएसँगै चैत्र वा बैशाखमा मञ्चन गरिनेछ । माओवादी द्धन्द्वको कथा उठान गरेको पल्पसा क्याफे पुस्तक प्रकाशन भएको पन्ध्र बर्षपछि नाटकको रुपमा मञ्चन हुँदैछ । यो पुस्तकलाई सुजन सुवेदीले नाटकमा रुपान्तरण गरेका हुन् ।

नाटकमा स्वस्तिमाका अलवा समापिका गौतम, साजनकुमार सुनुवार, जेनी सुनुवार, दिपेश राई, बच्चु हिमान्सु, रामकृष्ण परियार, निमा शेर्पा, पूर्मिमा आचार्य, सुष्मा राई, रोशन निरौला र कपिल राईको अभिनय रहनेछ ।