‘घिन्ताङ’ निर्देशन गर्दै दिपक श्रेष्ठ

‘घिन्ताङ’ निर्देशन गर्दै दिपक श्रेष्ठ

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं– दिपक श्रेष्ठ नयाँ सिनेमा ‘घिन्ताङ’ निर्देशनको तयारीमा छन् । हालै अभिनेता गौरव पहाडी मुख्य अभिनेताका रुपमा अनुबन्धित भएका छन् । अभिनेत्रीमा एलिजा गौतम पहिलै अनुबन्धित भइसकेकी छन् । 

यसअघि सिनेमामा विपिन कार्की रहने चर्चा थियो । विपिनको समय नमिलेपछि सिनेमामा गौरव पहाडीलाई अनुबन्धित गरिएको निर्देशक श्रेष्ठले बताए । सामाजिक कथा वस्तुमा निर्माण हुने सिनेमाको वर्किङ टाइटल ‘घिन्ताङ’ राखिएको छ । केहि समय पछि सिनेमाको औपचारिक घोषणा गरिनेछ ।

सफल निर्देशकको सुचीमा रहेका श्रेष्ठ लामो समयपछि निर्देशनमा फर्किन लागेका हुन् । उनले ‘सुर्य चन्द्र, मजबुर, हिम्मत, हिम्मत २, पहिलो पहिलो माया, पर्खि बसे, पापी मान्छे, पापी मान्छे २, अजम्बरी माया, जीवन साथी, राम लक्ष्मण, आमाको आशिर्वाद, कृष्ण अर्जुन’ लगायत २ दर्जन भन्दा बढि सिनेमा निर्देशन गरिसकेका छन् ।