‘सेलेब्स ग्रिट्स’को ब्राण्ड एम्बेस्टरमा अनुपबिक्रम

‘सेलेब्स ग्रिट्स’को ब्राण्ड एम्बेस्टरमा अनुपबिक्रम

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – सेलिब्रेटीलाई फ्यान तथा शुभचिन्तकलाई नजिकबाट साक्षात गराउने उद्देश्य सहित ‘सेलेब्स ग्रिट्स’ नामक वेवसाइट र एप्स सञ्चालनमा आएको छ । www.celebgreets.com ले सेलिब्रेटी र फ्यानबीचको दुरी नजिक बनाउनेछ ।

‘सेलेब्स ग्रिट्स’को ब्राण्ड एम्बेस्टरमा अभिनेता अनुपबिक्रम शाही अनुबन्ध भएका छन् । आयोजक टिम र अनुपबीच कार्यक्रममा नै सम्झौतापत्र आदान प्रदान गरियो भने अनुपले नै ‘सेलेब्स ग्रिट्स’को औपचारिक रुपमा सुभारम्भ गरेका थिए ।

हाल उक्त एप्लिकेशनमा ३० बढि सेलिब्रेटीहरु जोडिएको र भोलीको दिनमा अन्य सेलिब्रेटीहरुलाई पनि कनेक्ट गराउँदै लैजाने ‘सेलेब्स ग्रिट्स’का सिइओ इन्जिनियर समुल खड्काले बताए । ‘सेलेब्स ग्रिट्स’को सह-निर्माताको इन्जिनियर प्रशान्त खड्का हुन । संस्थाको वोर्ड अफ डिरेक्टर इन्जिनियर तपेन्द्र बहादुर खड्का हुन् ।

हालसम्म सेलिब्रेटी ग्रिट्समा नेपाली सिनेमाका अभिनेता, अभिनेत्री, गायक, संगीतकार, निर्देशक, खेलाडी कमेडियन, मोडल जोडिएका छन् । मनोरञ्जनमात्र नभइ देशको अग्र पङ्गतिमा आउने हरेक विधासँग सम्वन्धित सेलिब्रेटीहरुलाई आफुहरुसँग कनेक्ट गराउँदै अघि बढ्ने इन्जिनियर खड्काले बताए ।