हिरो र हिरोइन गोप्य राख्दै ऋषिको ‘चुरीफुरी’ छायांकनमा

हिरो र हिरोइन गोप्य राख्दै ऋषिको ‘चुरीफुरी’ छायांकनमा

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – ऋषिराज आचार्यको निर्देशनमा निर्माण हुने नयाँ सिनेमा ‘चुरीफुरी’को छायांकन सुरु भएको छ । केही दिनदेखि काठमाडौका बिभिन्न स्थानमा सुटिङ भइरहेको सिनेमामा हाँस्य कलाकारको बाहुल्यता रहेको छ ।

निर्देशक आचार्यकै लेखन तथा निर्माण रहेको सिनेमामा रबिन्द्र झा, शिसिर भण्डारी, दीपक आचार्य (काकु), सुबोध गौतम (एदुमे), पवन खतिवडा (म्याकुरी), सुरवीर पण्डित, सुनीता श्रेष्ठ, ऋतु आचार्य, लक्ष्मी ढकाल, राजेन्द्र खाती, महेश्वर आचार्य, कमल सिंह, अस्मिता बस्नेत, तुलसी श्रेष्ठ, सरिस्मा मगर, मनिल तामाङ, रश्मी आचार्यलगायतका कलाकारले अभिनय गरेका छन् । सिनेमाका मुख्य अभिनेता र अभिनेत्री को हुन् ? त्यो भने निर्माण पक्षले हाललाई गोप्य राखेको छ ।

आरबि मुभीजको ब्यानरमा निर्देशक आचार्य स्वयम् र रिना ढकाल निर्माता रहेको सिनेमाको सह(निर्मातामा बिमला भुसाल, राजेन्द्र खाती र शिब थापा छन् । समसामयिक बिषय उठान गरिएको सिनेमालाई मनोरञ्जनको नौलो प्याकेजका रुपमा निर्देशक आचार्यले विश्लेषण गरेका छन् । निर्देशक आचार्यले कथाको माग अनुसार नै सिनेमामा हाँस्य कलाकारको जम्बो टोली समावेश गरेको बताए ।

सुटिङ सकिएसँगै सिनेमाको बारेमा बिस्तृत जानकारी दिने तयारी निर्माण टिमको छ । राहुल राईको छायांकन, भिमफेदी गाइजको कोरियोग्राफी, बिजय आचार्यको कला निर्देशन र दीपक शर्माको संगीत रहेको सिनेमाका गीतमा समीर आचार्य, बिश्व नेपाली र बेनिशा पौडेलको स्वर छ ।