मुकुन र मेनुकाको ‘गणपती’ छायांकन सुरु

मुकुन र मेनुकाको ‘गणपती’ छायांकन सुरु

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – बिहिबार तनहुँको बन्दीपुर स्थित थारुबासबाट सिनेमा ‘गणपती’को छायांकन सुरु भएको छ । मुकुन भुषाल र मेनुका प्रधानको मुख्य भुमिका रहने सिनेमाको निर्माण टिम सुटिङको लागी बुधबार थारुबास पुगेको थियो । ‘गणपती’को अधिकांश छायांकन गाउँले परिवेशमा बन्दीपुरमै गरिनेछ ।

यही सिनेमाबाट सविन अधिकारीले निर्देशनमा डेब्यु गर्दैछन् । अधिकारीकै कथा, पटकथा तथा संवाद रहेको ‘गणपती’मा लक्ष्मण थापा, विज्ञान केसी र अरविन्द्र गिरीले लगानी गर्दैछन् । सिनेमामा मुकुन र मेनुकाका अलावा सूर्यमाला खनाल, जयनन्द लामा, प्रकाश घिमिरे, राजाराम पौडेल, पुष्कर गुरुङ, अंशु मानन्धर, कालु राना, अर्जुन गुरुङ, शुशील पोखरेल, श्रीदेव वि.एल लगायतका कलाकारको अभिनय रहनेछ ।

भगवान र मानिसबीचको फरक देखाइने सिनेमामा हरिबहादुर घलेको छायांकन, विक्रम स्वारको कोरियोग्राफी, अनिस अधिकारीले शब्द तथा संगीत, अनिस अधिकारी र देवेन्द्र बब्लुको स्वर रहनेछ । गोविन्द शाहीले नेपालभर वितरण गर्ने सिनेमाको ओभरसिज राइट्स स्रित फिल्मस् एण्ड इन्टरटेन्मेन्टले किनेको छ ।