२५ वर्षपछि रेडियो कार्यक्रम संचालन गर्दै निर्देशक श्रेष्ठ

२५ वर्षपछि रेडियो कार्यक्रम संचालन गर्दै निर्देशक श्रेष्ठ

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – एक समयका सफल निर्देशक दिपक श्रेष्ठले हालै नयाँ सिनेमा ‘घिन्ताङ’ निर्माण घोषणा गरेका छन् । उनले ‘सुर्य चन्द्र, मजबुर, हिम्मत, हिम्मत २, पहिलो पहिलो माया, पर्खि बसे, पापी मान्छे, पापी मान्छे २, अजम्बरी माया, जीवन साथी, राम लक्ष्मण, आमाको आशिर्वाद, कृष्ण अर्जुन’ लगायत २ दर्जन भन्दा बढि सिनेमा निर्देशन गरिसकेका छन् ।

उनै निर्देशक श्रेष्ठले २५ वर्षपछि रेडियोमा कार्यक्रम संचालन गर्दैछन् । उनले ९९.१ मेघाहर्ज रेडियो एनआरएनमा ‘नाइन ओ क्लक’ नामक कार्यक्रम संचालन गर्दैछन् । हरेक राति ९ बजे देखि १० बजेसम्म प्रसारण हुने कार्यक्रममा हरेक क्षेत्रका व्यक्तिहरुको कथालाई समेटिने छ ।

निर्देशक श्रेष्ठका अनुसार, कार्यक्रममा हराएका प्रतिभाको खोजी, ओझेलमा परेका व्यक्तिहरुको कथा, साहित्यकारको संघर्ष जस्ता कुरालाई प्राथमिकता दिइनेछ । हाल यो कार्यक्रम प्रसारण भइरहेको छ ।