राजेशको ‘सत्यम्’ निर्माण घोषणा, भिलेनमा अनुपबिक्रम

राजेशको ‘सत्यम्’ निर्माण घोषणा, भिलेनमा अनुपबिक्रम

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – महानायक राजेश हमाल ४ बर्षपछि ‘सत्यम्’बाट सिनेमाको पर्दामा कमब्याक गर्दैछन् । आइतबार सिनेमाको आइतबार थिमेट्रीकल पोस्टर सार्वजनिक गर्दै निर्माण घोषणा गरिएको छ । ‘सत्यम’ शिर्षकसँगै ‘राईजिंग अफ दि हिरोज्’ लेख्दै सिनेमाको शिर्षकलाई परिभाषित पनि गरिएको छ ।

हमालका अलवा अभिनेता अनुप बिक्रम शाहीको पनि अभिनय रहनेछ । ‘ह्यान्डसम भिलेन’को रुपमा परिचित अनुपको लुक्स सहित पोस्टर केहीदिनमा सार्वजनिक गरिने निर्देशक शंकर कार्कीले बताए । सिनेमामा पल शाह र उपासना सिंह ठकुरीसँग पनि मुख्य कलाकारको रुपमा मौखिक सहमती भैसकेको निर्माण टिमले जनाएको छ ।

शंकर कार्कीको निर्देशन रहने सिनेमामा काम गर्न सहमती जनाउनको लागि हमालले आठ महिना लामो समय लिएका थिए । निर्देशक कार्कीका अनुसार हमालकै अनुरोधमा पुरै सिनेमा टुडि (२D) प्रविधिमा बनिरहेको छ । फ्लोरमा जानुअघि सिनेमा २D मा हेरेर आवश्यक सुधार गरिनेछ ।

सिनेमामा हमालले ‘सत्यम्’ पात्रको रुपमा अभिनय गर्दैछन् । सिनेमाको निर्माण टिमले अन्य कलाकारका लागी अडिशन समेत आवहान गरेको छ । काठमाण्डौमा माघ १९ गते, पोखरामा माघ २३ गते, बुटवलमा माघ २५ गते र झापामा माघ २७ गते अन्य कलाकारको लागी अडिशन हुनेछ । अडिशनमा सहभागि हुन निर्माता कम्पनी नवयुग सिनेमाको इमेल लबखबथगन [email protected] मा आफ्नो सम्पर्क नम्बर सहित प्रोफाईल फोटो पठाउनुपर्नेछ ।

‘सत्यम’लाई स्वयम निर्माता रेशम सापकोटाले लेखेका हुन् । एशोसियट निर्माता श्याम मल्ल र गणेश पौडेल हुन् । रेशम गौतम र कृष्ण अधिकारी सह निर्माता हुन् । बिदुर पाण्डेको डिओपी, अष्टमान महर्जनको द्वन्द्व निर्देशन, कुटुम्ब ब्याण्डसँगै योगेश काजी र गणेश पौडेलको संगीत रहने सिनेमामा रेशम सापकोटा र बिष्णु निरिशले गीत लेखेका हुन् ।