दिनेशको ‘प्रकाश’बाट रेनु योगीको डेब्यू

दिनेशको ‘प्रकाश’बाट रेनु योगीको डेब्यू

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – दिनेश राउतले निर्देशन गर्ने सिनेमा ‘प्रकाश’बाट धनगढीकी रेनु योगीले डेब्यू गर्दैछिन् । फागुन दोस्रो साताबाट फ्लोरमा जाने सिनेमामा अभिनेता प्रदीप खड्का पहिला नै फाइनल भइसकेका थिए ।

ब्याचलर अध्ययन गरेकी रेनु थ्रिएटर आर्टिस्ट हुन् । उनले २०१३ मा दयाहाङ राईसँग ‘मितज्यू’ नामक नाटक खेलेकी थिइन् । उनले हालसम्म १० वटा भन्दाबढि नाटक, सर्ट मुभि र ‘एसिड कान्ड’ नामक डकुमेन्ट्रीमा काम गरिसकेकी छन् ।

निर्देशक राउत भन्छन्, ‘रेनुको प्रस्तुति र क्यारेक्टर मिल्ने भएकाले सिनेमामा लिएका हौं ।’ अडिसन मार्फत कास्टिङ डाइरेक्टर अनुप बरालले रेनुलाई छनोट गरेका थिए । जुम्लामा छायांकन गरिने सिनेमाको ४५ दिनको सुटिङ सेड्युल राखिएको छ ।

बिनिस इन्टरटेनमेन्टको प्रस्तुति रहेको सिनेमालाई महेन्द्र अधिकारीले निर्माण गर्दैछन् । सिनेमाको कथा विकास सुवेदीले लेखेका हुन् ।

तस्बिर : बिनोद पोखरेल